१६ वैशाख २०८१

नेपाल स्वीस डटकमका अतिथिहरुको स्वीट्जरल्याण्डमा आगमन जारी

0

image-2f44990acd76f0e319d9e5de911d45cbf800df85d9f41757461697dc9308c4c9-V image-03e4b65f842aab2bc431d12957bf1c26335be92a3d32b5868a1e2fb8153e426c-V

१९ फेब्रुअरी, जुरिख ।
अन्तर्राष्ट्रिय नेपाली मिडिया प्रा.लि.द्वारा सञ्चालित नेपाल स्वीस डटकमले आगामी २० फेब्रुअरी २०१६ का दिन आयोजना गर्न लागेको संस्थाको छैठौँ वार्षिकोत्सव समारोहमा सहभागी हुने अतिथिहरुको जुरिख आउने क्रम जारी रहेको छ ।
कार्यक्रममा भाग लिन स्वीट्जरल्याण्ड आएका अतिथिहरुलाई एनआरएनए स्वीट्जरल्याण्डका यूवा संयोजक अर्जुन बस्ताकोटी तथा महिला संयोजक श्रीमती शुभ एल्मर लामाले जुरिख अन्तर्राष्ट्रिय एयरपोर्टमा खादा ओढाएर स्वागत गरे । कार्यक्रममा भाग लिन बेलायतबाट गैर आवासीय नेपाली संघका यूरोप संयोजक श्री कुल आचार्य, नेपाल पत्रकार महासंघ यूरोप शाखाका अध्यक्ष तथा नेपाल ब्रीटेन डटकमका संस्थापक सम्पादक श्री चिरन शर्मा तथा गोरखा रेडियोका डाइरेक्टर श्री नरेन्द्र बस्नेत जुरिख आइपुगेका हुन् ।
सन् २०१० जनवरीमा स्थापना भएको नेपाल स्वीस डटकमले आफ्नो स्थापनाको छैठौँ वसन्त पार गरिसकेको छ । सोही अवसरमा उस्टरमा आयोजना गर्न लागिएको औपचारिक कार्यक्रममा स्वीट्जरल्याण्डका साथ साथै यूरोपका नेपाली कलाकारहरुको बेजोड प्रस्तुति रहने जनाइएको छ । उक्त वार्षिकोत्सव समारोहमा मनोरञ्जनात्मक सांस्कृतिक साँझका साथमा यूरोप तथा स्वीट्जरल्याण्डका नेपाली समुदायमा उल्लेख्य कार्य गरेका बिभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम समेत तय भएको छ । त्यसैगरी उक्त कार्यक्रममा सहभागीहरुका लागि नेपाली खाजा र खानाको समेत व्यवस्था गरिएको छ ।
कार्यक्रमको आयोजक नेपाल स्वीस डटकम परिवार सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई उक्त छैठौँ वार्षिकोत्सव समारोहमा उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछ । यहाँहरुको उल्लेख्य उपस्थिति र प्रेरणाले नै हाम्रो कार्यक्रमको शोभा बढाउने र आगामी दिनहरुमा अझ अगाडि बढ्न प्रेरणा मिल्ने हामीले विश्वास लिएका छौं ।

Share.

Leave A Reply