१६ वैशाख २०८१

नेपाल स्वीस डटकमको छैठौँ वार्षिकोत्सव समारोहको तयारी पूरा

0

image-0c03b0e7af368e3c155dc2f916e7c06087fc01d06379f0ed05630ae9ee75cb61-V image-8d4b42b7b11948818ef0f2c4c24e8545f791c9c52510f33e7f7d36851ef809f8-V(2) image-a7edb8efdb8e260a5775a4f813367f6b59a4fd57f2778db6496525413ce90cb9-V

१८ फेब्रवरी २०१६, स्विटजरल्याण्ड।
अन्तर्राष्ट्रिय नेपाली मिडिया प्रा.लि.द्वारा सञ्चालित नेपाल स्वीस डटकमले आगामी २० फेब्रुअरी २०१६ का दिन आयोजना गर्न लागेको संस्थाको छैठौँ वार्षिकोत्सव समारोहको तयारी पूरा भएको छ ।
सन् २०१० जनवरीमा स्थापना भएको नेपाल स्वीस डटकमले आफ्नो स्थापनाको छैठौँ वसन्त पार गरिसकेको छ । सोही अवसरमा उस्टरमा आयोजना गर्न लागिएको औपचारिक कार्यक्रममा स्वीट्जरल्याण्डका साथ साथै यूरोपका नेपाली कलाकारहरुको बेजोड प्रस्तुति रहने जनाइएको छ । उक्त वार्षिकोत्सव समारोहमा मनोरञ्जनात्मक सांस्कृतिक साँझका साथमा यूरोप तथा स्वीट्जरल्याण्डका नेपाली समुदायमा उल्लेख्य कार्य गरेका बिभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम समेत तय भएको छ । त्यसैगरी उक्त कार्यक्रममा सहभागीहरुका लागि नेपाली खाजा र खानाको समेत व्यवस्था गरिएको छ ।
कार्यक्रममा सहभागी हुनका लागि स्पेनबाट नेपाली नेपाली डटकमका प्रधान सम्पादक बसन्त रानाभाट र जर्मनीबाट गन वर्षकी ईनास यूरोपेली एकल नृत्य प्रतियोगिताकी विजयी सुश्री सोनिया श्रेष्ठ आजै साँझ जुरिख आईपुगी सकेका छन् । उनीहरुलाई गैर आवासीय नेपाली संघ स्वीट्जरल्याण्डका यूवा संयोजक अर्जुन बस्ताकोटी र गायक सुभाष सुन्दासले जुरिख अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।
कार्यक्रमको आयोजक नेपाल स्वीस डटकम परिवार सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई उक्त छैठौँ वार्षिकोत्सव समारोहमा उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछ । यहाँहरुको उल्लेख्य उपस्थिति र प्रेरणाले नै हाम्रो कार्यक्रमको शोभा बढाउने र आगामी दिनहरुमा अझ अगाडि बढ्न प्रेरणा मिल्ने हामीले विश्वास लिएका छौं ।
कार्यक्रम स्थानः Stadthofsaal, Theaterstrasse 1, 8610 Uster, स्विट्जरल्याण्ड
कार्यक्रम समय मितिः  १५ः०० बजेबाट २२ः०० बजेसम्म, २० फेब्रुअरी २०१६
कार्यक्रम तालिकाः
प्रमुख अतिथि, अतिथि र सहभागिहरुको स्वागत र आपसी भेटघाट, कुराकानी,

नेपाली खाजाः १५ः०० बजे,
औपचारिक कार्यक्रमः १६ः०० – १७ः३० बजे, रात्रिभोजः १८ः०० – १९ः३० बजे,
साँस्कृतिक कार्यक्रम: १९ः३० – २१ः ३० बजे, नेपाली डिस्कोः २१ः३० – २२ः३० बजे,
सार्वजनिक यातायात जानकारी:
जुरीख मेन ट्रेन स्टेशनबाट यस बाहन ५, ९, १४ वा १५ (S5, 9, 14 वा 15) लिने र उस्टरमा उत्रिने। उस्टरको ट्रेन स्टेशनबाट ५ मीनेटको पैदल हिडें पश्चात कार्यक्रम स्थल पुगिन्छ।
उस्टर आईपुगेपछि कार्यक्रम स्थल जानकालागि नक्शा:

map

 
 

Share.

Leave A Reply