१५ वैशाख २०८१

नेपाल स्वीस डट कमको छैठौं वार्षिकोत्सव समारोहमा एनआरएनएका अभियन्ताहरुको बाक्लो उपस्थिति रहने

0

१६ फेब्रुवरि २०१६, स्विटजरल्याण्ड। ईन्टरनेशनल नेपाली मिडियाद्वारा संचालित नेपाल स्वीस डटकमको छैठौं वार्षिकोत्सव समारोह संगीतमय, साहित्यमय र विचारमय हुने समाचार यस अधि नै प्रकाशित भैसकेको छ। यूरोप र स्विटजरल्याण्डका लोकप्रिय नेपाली कलाकारहरु, परिचित साहित्यकार र पत्रकारहरुको कार्यक्रममा उल्लेख्य सहभागिता रहने छ। यसका अतिरिक्त नेपाल स्वीस डट कमको छैठौं वार्षिकोत्सव समारोहमा एनआरएनका अभियन्ताहरुको बाक्लो उपस्थिति रहने भएको छ। समारोहमा गैर-आवासीय नेपाली संघका वर्तमान प्रमुख संरक्षक एवं पूर्व अध्यक्ष श्री जीवा लामिछानेको प्रमुख आतिथ्यता रहने छ। त्यसैगरी संघका वर्तमान उपाध्यक्ष श्री कुमार पन्त, महासचिव डा. बद्रि के. सी.र सचिव अर्जुन कुमार श्रेष्ठको पनि कार्यक्रममा सहभागिता रहने छ। साथै विशेष अतिथिहरु गैर-आवासिय नेपाली संघका यूरोप क्षेत्रिय संयोजक श्री कुल आचार्य (यू.के.), आइसिसि महिला संयोजक सुश्री सपिला राजभण्डारी (रसिया), यूरोप क्षेत्रिय सह-संयोजकहरु श्री प्रेम गुरुङ(बेल्जियम) र श्री दावा शेर्पा (जर्मनी) , आईसिसि महिला उप-संयोजक श्रीमति रजनि प्रधान(बेल्जियम), गैर-आवासीय नेपाली संघका आईसिसि सदस्य श्री एकराज गिरी (स्पेन), गैर-आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष भिम के. सी. कमल र पूर्व आईसिसि सदस्य रविन्द्र प्रधान(बेल्जियम)को कार्यक्रममा उपस्थिति रहनेछ। एनआरएनएका अभियन्ताहरुको बाक्लो उपस्थितिले नेपाल स्वीस डट कमको छैठौं वार्षिकोत्सव समारोह एनआरएनमय हुने र कार्यक्रममा गैर-आवासीय नेपालीका चासोका बिषयहरुमा पनि विचारहरुको आदान-प्रदान हुने अपेक्षा गरिएको छ।

नेपाल स्वीस डट कम सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई छैठौं वार्षिकोत्सव समारोहमा हार्दिक निमन्त्रणा गर्दछ। उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पारीदिनु हुन नेपाल स्वीस डट कम सबैमा हार्दिक अनुरोध गर्दछ।

Share.

Leave A Reply