०१ जेठ २०८१

सुदूर पश्चिम सेवा समाज युएईले आफ्नो पाचौ क्षेत्रीय समिति अलऐन गठन गर्यो

0

मान बहादुर के.सी.,यूएई। ‘हाम्रो परम्परा हाम्रो सांस्कृति हाम्रो पहिचान, सहयोगार्थका लागि चेतना जगाउने अभियान’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै यूएईमा कार्यरत सुदूरपश्चिमवासी नेपालीहरुलाई एकसूत्रमा बाँध्दै देशमा हुने प्राकृति प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरुमा तथा गरीब असहायहरुलाई सकिदो सहयोग गर्नका लागि र बैदेशिक रोजगारीको शिलशिलामा यूएईमा कार्यरत नेपालीहरुको हितका लागि संगठित रुपले अघाडि बढ्ने उदेश्यले २ जनवरी २०१५ मा स्थापना भएको सुदूर पश्चिम सेवा समाज युएईले नेपालीहरुबीच नेपाली हुनुको पहिचान, नेपालभित्रका बिभिन्न भाषा, सांस्कृति मौलिकपनको बिकास र आपत बिपतमा सहयोग गर्न सक्रिय सुदुरपश्चिम सेवा समाज यूएईले १२ फेब्रुअरी २०१६ शुक्रबारका दिन आफ्नो पाचौ क्षेत्रीय समितिका रुपमा अलऐन क्षेत्रीय समिति गठन गरेको छ ।

संस्थाका केन्द्रिय वरिष्ठ उपाध्यक्ष चेत बहादुर थापा ‘चेतन’को प्रमुख अतित्यथामा र केन्द्रिय सल्लाहकार लक्ष्मण अधिकारी अबुधाबी क्षेत्रीय समितीका अध्यक्ष देब बहादुर कुँवर, उपाध्यक्ष यादव पन्त, सचिब बिक्रम बहादुर सिंह, कोषाध्यक्ष गोरख रावल, सदस्यहरु अमर गिरी, लक्ष्मण खाती, राज कुँवर, सुधा राना चौधरी, देबी मल्ल र सल्हाकार राज रोकायाको बिशेष उपस्थितीमा सम्पन्न एक वृहत भेलाले दिनेस महराको अध्यक्षतामा १५ सदस्यिय कार्यसमिति चयन गरेको हो ।

नवगठित समितिका अध्यक्ष दिनेस महराले आफुले जिम्बेबारी पाएकोमा खुशी ब्यक्त गर्दै अलऐनमा रहेका सम्पूर्ण सुदूर पश्चिम बाशीहरुलाई एकजुट गरेर अघाडि बढ्ने जिज्ञासा राखेका थिए ।

संस्थाका केन्द्रिय वरिष्ठ उपाध्यक्ष चेत बहादुर थापा ‘चेतन’ले सुदूर पश्चिम सेवा समाज युएई गठन भएको एक बर्षमा नै क्षेत्रीय समिती बिस्तार गर्ने क्रममा दुबई, शरजाह, अबुधाबी, रास-अल खैमा क्षेत्रीय समिती गठन भई सकेका र अलऐन क्षेत्रीय समिती गठन हुँदा झनै समाज बलियो भएको कुरामा जोड दिदै सुदूर पश्चिम सेवा समाज युएईले एक बर्षमा गरेका कामको बारेमा जानकारी गराउदै समाज गठन हुनको मुख्य उदेश्य र लक्ष्यका बारेमा जानकारी गराउनु भएको थियो ।

त्यस्तै संस्थाका केन्द्रिय सल्लाहकार लक्ष्मण अधिकारीले आफ्नै अन्दाजमा देउडा गीत गाउदै नव गठित समितिले आगामी दिनमा अलऐनमा कार्यरत सम्पूर्ण सुदूर पश्चिम बाशीहरुलाई एकजुट गर्दै अघाडी बढ्ने छ भन्ने आशा ब्यक्त गर्दै नयाँ समतिलाई बधाई तथा शुभकामना दिएका थिए ।

मन्तब्य राख्ने क्रममा अबुधाबी क्षेत्रीय समितीका अध्यक्ष देब बहादुर कुँवरले सुदूर पश्चिम सेवा समाज युएईले गठन भएको छोटो अबधी मै उल्लेखनिय कार्यहरु गरेको र आउने दिनहरुमा पनि समाज सेवाका कामहरुमा कटिबद्द भएर लागि रहने हुनाले संस्थालाई सबैले मिलेर अघाडी बढाउनुमा साथ दिनु पर्ने जिज्ञासा राख्दै नयाँ समतिलाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रमको अन्तिम क्षणमा देउडा लेखक लक्षम्ण अधिकारी र अमर गिरी बिच भएको घम्साघम्सी देउडा दोहरीले उपस्थित सबैको मन लुट्दा खुशी हुँदै पैतल मिलाउन वाध्य भएका थिए ।

संस्थाका केन्द्रिय वरिष्ठ उपाध्यक्ष चेत बहादुर थापा ‘चेतन’को प्रमुख अतित्यथामा सम्पन्न सो कार्यक्रमको संचालन पदम महताले गरेका थिए ।

अध्यक्ष दिनेस महराको नेतृत्वमा निम्न अनुसारका पदाधिकारी तथा सदस्य रहको नयाँ कार्यसमिति चयन भएको छ ।

अध्यक्ष श्री दिनेस महरा 

उपाध्यक्ष श्री नबराज भट्ट 

सचिब श्री लाल वहादुर चन्द 

सहसचिब श्री ईन्द्र रावल 

कोषाध्यक्ष श्री हरिस पन्त 

सदस्यहरु

श्री भरत नाथ योगी 

श्री आर्यन कठायत 

श्री भिम नेगी

श्री लोकेन्द्र चन्द

श्री रमेस भट्टराई 

श्री राम बिस्ट

श्री सेर बहादुर खड्का 

श्री योगेन्द्र वहादुर कठायत

सल्लाहाकारहरु 

श्री पदम महता 

श्री सल्लाहाकार राम बुडाल रहनु भएको छ ।

5(1)

Share.

Leave A Reply