१६ वैशाख २०८१

स्वीस परोपकारी परियोजनामा भ्रष्ट्राचार, स्वीस नेपाली समाजका नेपाल प्रतिनिधी संलग्न?

0

०२ फ्रेबुवरी २०१६, स्विटजरल्याण्ड। स्विटजरल्याण्डबाट प्रकाशित हुने दैनिक पत्रिका बीस मिनेट डट सीएच (20minuten.ch) ले स्विटजरल्याण्डको अर्ध-सरकारी बिकासे संस्था बिकास र सहकार्य निर्देशनालय (डेजा, DEZA: Direktion für Entwicklung und Zusammenarbeit)“ द्वारा नेपालमा संचालित „स्थानीय सरकारको जवाफदेहिता अभिबृदि (SALG: Strengthening the Accountability of Local Governments)“ प्रोजेक्ट विविध अनियमितताका कारण स्वीस सरकारले बन्द गर्ने भएको समाचार प्रकशित गरेको छ। त्यस कार्यक्रम अन्तर्गत स्वीस सरकारले तीस लाख स्वीस फ्रान्कस् लगानि गर्ने लक्ष्य राखेको थियो। प्रोजेक्टमा आर्थिक हिनामिना र भ्रष्टाचार भएको समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेपछि उल्लेखित अनियमितता प्रकाशमा आएको हो। बीस मिनेट डट सीएचमा प्रकाशित समाचारमा कान्तिपुर दैनिकमा प्रकाशित दुई समाचारहरु पनि तस्विर श्रृंखलाका रुपमा राखिएका छन्। समाचारका अनुसार प्रोजेक्टका प्रमुखले अनियमित ढंगले आर्थिक लाभ लिएको र स्थानीय साझेदार संस्थाले आर्थिक हिनामिना गरेको आरोप लागेको छ। बीस मिनेट डट सिएचमा प्रकाशित उक्त समाचार पढन यहाँ क्लिक गर्नुहोस: http://www.20min.ch/schweiz/news/story/Korruption-bei-Schweizer-Hilfsprojekt-in-Nepal-11053474

बीस मिनेट डट सीएचले प्रकाशित गरेको कान्तिपुर दैनिकको लेखका महत्वपुर्ण अंशहरु सजिलै पढ्न र बुझ्न सकियोस भनि टाइप गरी तल प्रस्तुत गरीएको छ।

52C8DFF356C030C43E4DC6894A53B528

फर्जी बिलका कारण बिबादमा परेको स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजनाले सूचना चुहाएको आरोपमा एक अधिकृत कर्मचारी लाई निस्काष्न गरेको छ। परियोजनाका अनुगमन अधिकृत सतीस गुरूङलाई व्यवस्थापनले निम्मेवारी अनुसार काम गर्न नसकेको आरोपमा अवकाश दिएको हो।

“म लाई प्रारम्भिक सर्वेक्षणको तथ्याङक फेरबदल गरेर प्रतिवेदन तयार गर्न र स्वीस नियोगमा पठाउन निर्देशन थियो”, गुरूङले कान्तिपुर संग भने। “प्रचलित कानुन विपरीत अनियमित काम गर्न नसक्ने जवाफ दिए पछि म लाई स्पस्टिकरण सोधिएको थियो, अनियमिताको मुद्धा तोकिएको काम, कर्तव्य पुरा गर्न नसकेको आरोप लगाईएको छ।

स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजना (एसएएलजीपी) ले फर्जी तथ्याङका आधारमा सात जिल्लामा कार्यक्रम संचालन गरेको भेटिएको थियो। स्वीस दातृ निकाय (एसडीसी) को सहयोगमा संचालित कार्यक्रममा “लक्षित बर्गका लागि विनियोजन हुने बजेट” शीर्षकमा फर्जी तथ्यांक पेश गरेको प्रमाण भेटिएको हो।

चार बर्षे कार्यक्रम संचालन गर्न स्वीस सहयोगमा खोटाङ, ओखलढुगा, रामेछाप, दैलेख, अछाम, कालिकोट र जाजरकोटका लागि प्रारम्भिक सर्वेक्षण भएको थियो। एसएएलजीपीले स्वीस विकाश नियोगमा पेश गरेको सर्वेक्षण प्रति वेदनमा भने तथ्याङक तोडमोड गरेर ति जिल्ला लाई असफल भनि पठाएको विवरण परियोजनाका कोम्याट-आस्था जेभीको संयुक्त अनुगमन टोलि संयोजक बिष्णु भुसालले गुरुङ लाई वर्खास्तिको पत्र दिएका हुन। तर, पत्रमा भने सुचना चुहाएको वा फर्जी प्रतिवेदन तयार गर्न अस्विकार गरेको बिषय उल्लेख गरीएको छैन।

अनिमियताका कारण विवादमा परेको परियोजनाले कर्मचारी वर्खास्त गरेपछि स्थानीय विकाश मन्त्रालयमा पठाएको पत्रमा भने तथ्याङक तोड मोडको विषयलाई अप्रत्यक्षरुपमा स्विकार्यको छ। संयोजक भुषालले मन्त्रालयका सह-सचिव रेश्मीराज पाण्डेलाई पठाएको पत्रमा “नमुनाको रुपमा छानिएका जिल्लामा सतप्रतिसतनै उपलब्धि देखिए पनि हामीले तथ्याङक पुनर्मुल्याङकन प्रमाणि करण र अध्यावधिक गर्न काम गरीरहेका छौ”, भन्ने उल्लेख छ। “झुटो प्रतिवेदन पेश गरेका उनीहरुले पछि त्यसलाई सच्याएर अनिमियताहरु लुकाउन खोजिरहेको देखिन्छ” मन्त्रालय स्रोतले भन्यो।

स्रोतका अनुसार परियोजान संचालनका क्रममा सवारी साधन भाडामा लिने क्रममा पनि संयोजक बिष्णु भुषालले फर्जी सम्झौता गरेको भेटिएको छ। उध्यम विकाश केन्द्र संग सम्झौता गरी  बा३च ५४४३ नम्बरको सवारीसाधन मासिक ७५ हजार रुपयाँ भाडमा लिएको देखाईएको छ। “उहाँहरुले केन्द्रकै सावारी साधन भाडामा लिएको भनि सम्झौता गर्नु भएको छ” स्रोतले भन्यो। तर यातयात कार्यालय स्रोतबाट कान्तिपुर लाई प्राप्त विवरण अनुसार सो सवारीसाधन बिष्णु प्रसाद भुषाल र पुर्णकान्त अधिकारीको संयुक्त समित्वमा छ।

बिष्णु भुषाल र पुर्णकान्त अधिकारी को हुन?

snsnamakar

स्वीस नेपाली समाजको वेव साईटमा प्रकाशित बिष्णु भुषालको एक लेख

यदि बिष्णु भुषाल स्विट्जरल्याण्डको नेपालीहरु बिच परिचित रहेका बिष्णु भुषाल हुन भने तिनी स्विट्जरल्याण्डको संस्था स्वीस नेपाली समाजका नेपाल प्रतिनिधि हुन्। बिष्णु भुषाल र पुर्णकान्त अधिकारीकै नाममा स्वीस नेपाली समाज द्वारा प्रकाशित हुने नमस्कार बुलेटिनमा पटक-पटक लेख-रचनाहरु प्रकाशित भएका छन्। उक्त संस्थाको वेव साइटमा पनि बिष्णु भुषाल नाम गरेका एक व्यक्ति संस्थाको नेपाल प्रतिनिधी रहेको लेखिएको छ। बिष्णु भुषाल र पुर्णकान्त अधिकारी नामका व्यक्तिहरु स्वीस नेपाली समाजद्वारा स्विट्जरल्याण्डमा आयोजित कार्यक्रमहरुमा पटक पटक वक्ताका रुपमा सहभागि भएका छन्। संभवत बिष्णु भुषालकै माध्यमबाट बिभिन्न परियोजनाहरुमा स्वीस नेपाली समाजले आफ्ना सदस्यहरुबाट संकलीत सदस्यता शुल्क र दानी महानुभावहरुबाट प्राप्त अनुदान नेपालमा लगाएको छ। यदि कान्तिपुर दैनिकको समाचारमा उल्लेखित बिष्णु भुषाल स्वीस नेपाली समाजका नेपाल प्रतिनिधी हुनभने बिगतका दश-पन्ध्र बर्षहरुमा स्वीस नेपाली समाजद्वारा नेपालमा संचालन गरिएका परियोजना र परोपकारी कार्यक्रमहरुमा पनि आर्थिक अनिमियता भएको हुन सक्ने सम्भावनालाई नकार्न सकिदैन। स्विट्जरल्याण्ड जस्तो प्रजातान्त्रिक र न्याय पुर्ण सामाजिक संरचना भएको देशको एक संस्थाले आफ्नै कार्यसमितिको नेपाल प्रतिनिधी संलग्न रहेको यस्तो व्यापक आर्थिक अनिमियता र फर्जी कामकार्वाहीमा कस्तो प्रतिकृया जनाउने हो आउदा दिनहरुले देखाउने छ। हुनत स्वीस नागरिकहरुकै बाहुल्यता रहेको स्वीस नेपाली समाजमा प्रजातान्त्रिक मुल्य र मान्यताहरुको सम्बन्धमा पटक पटक प्रश्न उठ्ने गरेको छ। त्यसो त संस्थाका अध्यक्ष र कोषाध्यक्ष लगभग १५-१८ बर्ष देखि निरन्तर सोहि पदमा काम गर्दै आईरहेका छन्।

EE3E07FBAFC66C3F51EBE8894A8F9776

Share.

Leave A Reply