२१ वैशाख २०८१

स्विट्जरल्याण्डमा इनास चौथो यूरोपस्तरीय एकल नेपाली नृत्य तथा प्रथम गायन प्रतियोगिता आयोजना हुने

0

प्रबासमा नेपाली कला, संस्कृतिको प्रबर्धन गर्दै नेपाली प्रतिभाहरुलाई प्रोत्साहन गर्ने उदेश्यले हरेक बर्ष आयोजना हुँदै आईरहेको अर्न्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) को यूरोपस्तरीय एकल नेपाली नृत्य र प्रथम पटक आयोजना हुन गईरहेको गायन प्रतियोगिता सन २०१६, मे (May) महिनाको १४ र १५ तारीखमा स्विटजरल्याण्डमा आयोजना हुँदैछ। उक्त कार्यक्रम ईनास स्विटजरल्याण्ड र स्विटजरल्याण्डको नेपाली समाजको लागि गौरबको विषय भएकोले उक्त कार्यक्रम सफलतापुर्बक संपन्न गर्न स्विटजरल्याण्डका सबै संध-संस्थाहरु र स्विटजरल्याण्डबासी नेपालीहरुको सहयोग प्राप्त हुने आशा गर्दछौं। कार्यक्रमको स्थान तथा सम्बन्धित अन्य बिस्तृत जानकारी छिटै सार्वजनिक गरिनेछ।

डा. बिजय मल्ल

महासचिव, ईनास स्विटजरल्याण्ड

२४.०१.२०१६

Share.

Leave A Reply