१८ वैशाख २०८१

यूनाईटेड सिक्किम एफसी भारतलाई पराजित गर्दै सहारा क्लब सेमिफाइनलमा प्रवेश

0

पोखरामा जारी १४ औँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा सहारा क्लबले युनाइटेड सिक्किम एफसी भारतलाई २-० ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । क्वार्टर फाइनल अन्तर्गत शनिबारबाट सुरु भएको पहिलो खेलको ५९ औँ मिनेटमा सहारा क्लबका एलबिस र ८८ औ मिनेटमा शिव सुवेदीले १-१ गोल गरी टिमलाई विजयी बनाएका थिए । आईतबारको खेल लक्ष्मी हुण्डाई मनाङ मर्स्यांग्दी क्लब र इन्डियन आर्मी गोर्खा ब्रिगेड टिमबीच हुनेछ ।

Share.

Leave A Reply