१८ वैशाख २०८१

शिब श्रेष्ठको गोलले कलाकार विजयी

0

kalakar football

पबन भट्टराई, काठमाडौ ।
राष्ट्रिय कलाकारहरु लमजुङका बुद्धिजीविहरुसँगको फुटवल खेलमा एकका विरुद्ध दुई गोलको अन्तरले विजयी भएका छन ।
राष्ट्रिय बक्स अफिस फिल्म क्लब नेपाल, बक्स अफिस गु्रप र चलचित्र लक्ष्य टिमले संयूक्त रुपमा काठमाडौमा आयोजना गरेको मैत्रिपूर्ण फुटवल प्रतियोगितामा कलाकारका तर्फबाट नायक शिव श्रेष्ठ र लोकगायक हरिले एक एक गोल हानेका थिए भने बुद्धिजीविका तर्फबाट एक गोल फर्काईएको थियो ।

राष्ट्रिय बक्स अफिस फिल्म क्लब नेपालको ९९ औं तथा बक्स अफिस गु्रपको पहिलो आयोजनामा मैत्रिपूर्ण फूटवल प्रतियोगीता भएको थियो । कार्यक्रममा दर्शकहरुको उत्साहजनक सहभागीता रहेको थियो ।

Share.

Leave A Reply