२१ वैशाख २०८१

स्वीस म्युजिक अवार्डस् २०१६

0

२३ जनवरी २०१६, स्विटजरल्याण्ड। तेश्रो पटक स्वीस म्युजिक अवार्डस् १२ फेब्रुवरी, २०१६ मा जुरीखमा आयोजना हुँदैछ। जसमा स्विटजरल्याण्ड र अन्तराष्ट्रिय कलाकारहरुका सांगीतिक प्रस्तुतिहरु लाई पुरस्कृत गरिन्छ। अवार्डका लागि स्वीस तथाअन्तराष्ट्रिय गायक-गायिकाहरु को मनोनयन भईसकेको छ। ति मनोनित कलाकारहरु बाट ई-भोटिङका माध्यमले उटकृष्ठ प्रस्तुति, समुह, प्रत्यक्ष प्रस्तुति, प्रतिभा, एल्बम र हिट जस्ता विधाहरुमा अवार्डहरु वितरण गरिन्छ। यस पटकको मनोनयनमा ७७ बम्बे स्ट्रिट, बास्टियन बेकर, बेयाट्रिस एगलि, डोडो, म्यूस्लूँम र सोफि हुन्गर दुई-दुई विधामा परेका छन्। त्यसैगरी उटकृष्ठ अन्तराष्ट्रिय प्रस्तुति र एल्बममा ब्रिटेनकी गायिका आडेल र उनको एल्बम “२५” मनोनित भएका छन्। Award.20min.ch मा जो कोहीले पनि आफ्नो मनपरेको गायक-गायिका, गीत एंव एल्बमका लागि आफ्नो मत दिन सक्छन्। ई-भोटिङ गर्नेहरु मध्यबाट दुईजनालाई पुरस्कार (कार्यक्रमको २ टिकट र अन्य सुविधा)को समेत ब्यवस्था गरिएको समाचार प्रकाशित भएको छ। स्वीस म्युजिक अवार्डस् २०१६ लाई एस. आर. एफ. २(SRF 2), जोईज (JOIZ), आर. एस. आई.ला २ (RSI La 2) र ओन टि.भी. (One TV) ले प्रत्यक्ष प्रसारण गर्ने भएका छन्।

Share.

Leave A Reply