२१ वैशाख २०८१

आङ खस्ने रोगका लागि महिला फोरमद्वारा प्रति ब्यक्ति एक फ्रान्कको अनुरोध

0

१९ जनवरी २०१६, स्विटजरल्याण्ड। गैर आवासिय नेपाली संघ, स्विटजरल्याण्डको महिला फोरमकी संयोजक श्रीमति शुभ एलमर लामाद्वारा नेपाल स्वीस डट कमलाई पठाईएको एक पत्रमा गैर आवासिय नेपाली संघको महिला फोरमले संचालन गरेको आङ खस्ने रोग “Uterus Prolapse” प्रोजेक्टका लागि प्रति महिना प्रति ब्यक्ति एक स्वीस फ्रान्क चन्दा दिन अनुरोध गरिएको छ। पत्रमा गैर आवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदकी महिला संयोजक सपिला राजभण्डारीलाई उदधृत गर्दै उक्त परियोजना अन्तर्गत नेपालमा ६०० महिलाहरु को स्वास्थ्य परिक्षण र त्यसमध्य १०० महिलाहरुको अपरेसन भईसकेको बताउँदै, त्यसका लागि ने. रु. १० ६० ००० खर्च लागेको जनाईएको छ। नेपालमा आङ खस्ने रोगलाई महिलाहरुले लाजको रुपमा लिने गरेकाले समयमै त्यसको डायग्नोसिस र उपचार नहुने गरेको पाईन्छ। यो रोगको उपचारको नेपालमा अझै धेरै आवश्यकता रहेकाले प्रोजेक्टलाई निरन्तरता दिने फोरमले निर्णय गरेको बताईन्छ।

पत्रको पूर्ण पाठ…

NRNA_Uterus_ProlapseProject_Campaign2016

Share.

Leave A Reply