२७ वैशाख २०८१

पर्यटकिय प्रचार्-प्रसार अभियानको सुरुवात र स्नो फन को लागि निमन्त्रणा

0

कमल भट्ट, स्विट्जरल्याण्ड। सम्पूर्ण स्विसबासि नेपालीहरुमा हृदय देखिने नमस्कार र सहभागीकोलागी हार्दिक अनुरोध । सम्पूर्ण हामी स्विसबासि नेपालीहरुलाई गत बर्षको विनाशकारी महाभूकम्पले घरि घरि हाम्रो मनलाई चस्स पोली रहन्छ । त्यस बेलाको तत्कालिन सहयोग होस् वा विभिन्न क्रमको सहयोग होस् । तपाइँ हामी सम्पूर्ण स्विसबासि नेपालीहरुले निरन्तर सहयोग गर्ने क्रम जारि नै राख्यौ र यो कार्य निरन्तर भइ रहेको कुरा तपाइँ हामी सम्पूर्ण स्विसबासि नेपालीहरुलाइ जगजाएर नै छ। र अब हामी बाटोमा अथवा विभिन्न बहानामा अरुलाई सहयोग माग्ने भन्दा पनि विश्वको सुन्दर देश र हाम्रो नेपालको प्रमुख आय श्रोत पर्यटन व्यवसायमा पर्न गएको असरलाई मध्ये नजर राख्दै अब स्विसबाट हामी यस क्षेत्रमा दक्क्ष नेपालीहरु र नेपाललाई माया गर्ने स्विस साथीहरु बाट NEPAL IS STILL ALIVE AND SAVE FOR TOURISM भन्ने नाराका साथ स्विसको कुना कुनामा प्रचार प्रसारमा जाने योजना बनाएको छौ।

यो एउटा सुनालो मौका पनि हो। विश्वको धेरै पर्यटन आउने देश स्विसबाट यस कार्यको सुरुवात गर्नु। हामीलाई आशा छ यसको प्रभाब स्विसमा मात्रै नभई स्विसमा घुम्न आउने अरु विभिन्न देशमा पनि सगसगै प्रचार हुनेछ। हामी यस कार्य विभिन्न चरण गर्ने योजनाका साथ तपाई सम्पूर्ण स्विस बाशी नेपालीहरुको सहयोग र सहभागीको लागी हार्दिक अनुरोध गर्दछौ। पहिलो चरणको कार्यक्रम यहा प्रस्तुत गर्दै छौ।

कार्यक्रमको योजना : SNOW FUN SKI ,SNOWBORD and SCHLITTE FARHREN .
मुख्य उदेश्य : NEPAL IS SAVE FOR TOURISM भन्ने ब्यानर र हाते पम्लेटको वितरण

स्थान :Melch See Frucht.
मिति : 27 Februar 2016

 

आयोजक:
Ang Tenzing Sherpa (0763786188 )
Kamal Bhatta (0797431024 )

कृपया ब्रिस्तित जानकारीको लागि आयोजकहरु सग सिधै सम्पर्क गर्न सक्नु हुनेछ। तपाइँ स्विसबाशी नेपालीहरु र नेपाललाई माया गर्ने सम्पूर्णलाई व्यक्ति व्यक्तिवहरुलाई फेरी पनि हृदय देखि नै सहभागिको लागि अनुरोध गर्दछौ।

Melch See Frucht

Share.

Leave A Reply