२६ वैशाख २०८१

नायिका गरिमा पन्तले बेल्जियमका नेपाली व्यवसायीसँग बिहे गर्दै

0

कलिउडकी चर्चित नायिका गरिमा पन्तले आफ्नो प्रेमी बेल्जियममा फेला पारेकी छन् । बेल्जियममा लामो समयदेखि ब्यापार गरिरहेका उनको प्रेमी बेल्जियममा रहेका नेपालीहरूको ब्यापारिक संस्थाको निवर्तमान अध्यक्ष हुन् । अब नायिका पन्त बेल्जियम कै स्थाई बासिन्दा हुने भएकी छिन । नायिका पन्तको मन जित्ने बेल्जियमबासी ब्यबसायी हुन्- हरी शर्मा थपलिया ।

रेस्टुरेन्ट व्यवसायमा सफल रहेका थपलियाले आफ्नी प्रेमिकाको नाममा ‘गरि शुशी’ भन्ने नयाँ शुशी रेस्टुरेण्ट यसै हप्ताबाट शुरू गरेपछि उनीहरूको प्रेम सार्वजनिक भएको हो ।

बेल्जियमको आन्तवर्प नजिक ब्रासकाटमा रहेको शुशी रेस्टुरेन्टको ओपनिङमा स्वागतापेक्षीका रूपमा नायिका पन्त थपलियासँगै देखिएकी थिइन् । उनीहरूको छिट्टै औपचारिक विवाह हुने बताइएको छ ।

करिब ४ वर्षअघि एक साँस्कृतिक कार्यक्रममा गरिमा पन्त बेल्जियम आएकी थिइन् । त्यस बेलैदेखि थपलिया र पन्तको चिनजान र अफेयर्स शुरू भएको हो । थुप्रै नेपाली फिल्महरू खेलेकी नायिका पन्तको ‘झोला’ फिल्म उत्कृष्ट मानिन्छ र त्यस फिल्ममा उनको अभिनयको ठूलो प्रशंसा भएको थियो।

-इनफोमाला डट कम

Share.

Leave A Reply