२६ वैशाख २०८१

युएईमा प्रेम दिवसको तयारी

0

मोहन बस्याल, युएई। अर्न्तराष्ट्रीय रुपमा मनाईदै आएको प्रणय दिवस युएईमा बस्ने नेपालीहरुका लागि पनि बिशेष हुने भएको छ । चौध फेब्रुअरीमा मनाईने यो दिवसका अवसरमा युएईमा चर्चित कलाकारको सहभागितामा बिशेष कार्यक्रम गर्ने तयारी भएको छ । नेपालमा लाईभ कन्सर्ट लगायतका ईभेन्ट म्यानेजमेन्टको काम गर्दै आएको ग्रीष्मा ईन्टरटेन्मेन्ट र युएईमा क्रियाशिल क्रिएटिभ युथ नेपालको सहकार्यमा हुने लागेको कार्यक्रममा नेपालका चल्तिका गायक प्रमोद खरेल, गायिका आस्था वि, हास्य कलाकार जितु नेपाल र नायिका प्रियंका कार्कीको सहभागिता रहने आयोजकले जानकारी दिएका छन् । रेडियो तथा टेलिभिजन कार्यक्रम संचालक नरेश  भटटराईले संचालन गर्ने कार्यक्रममा स्ट्याण्ड अप कमेडियन रमेश क्षितिज, गायिक तथा गितकार सम्बृद्धि राई लगायतका कलाकारको पनि प्रस्तुती समेटिएको छ । म विना कसै कसैलाई बोलको गित गाएर चर्चामा आएका प्रमोद खरेलका सय भन्दा बढि गित युवाहरुमाझ लोकप्रिय छन् । आस्था बि मलाई पुगेन पुगेन यो बैशले गितबाट चिनिएकी गायिका हुन् । नेपाली टेलिभिजन कार्यक्रममा मुन्द्रे पात्रका रुपमा देखिएका जिुत नेपाललाई दर्शकले मुन्द्रकै रुपमा चिन्छन् ।  

फेब्रुअरी १२ तारिकमा दुवईको देरामा रहेको आसियाना होटलमा हुने कार्यक्रमका लागि स्थानीय प्रसासन, होटल ब्यवस्थापनसंगको सहमति पछि पोष्टरींग लगायतका तयारी अगाडी बढाई सकिएको आयोजक मध्येका एक रमेश क्षितिजले जानकारी दिए ।  होटलको बाराके क्लबमा हुने  साँझ ४ बजेबाट शुरु हुने कार्यक्रमको मोहम्मद समिम र मदन अधिकारीले संयोजन गर्दैछन् । 

क्रियटिभ युथ नेपालले यस अघि चर्चित गायक शिव परियार, ज्योति मगर लगायतका कलाकार ल्याएर कार्यक्रम सम्पन्न गरि सकेको छ । 

Share.

Leave A Reply