२७ वैशाख २०८१

एन. आर. एन. ए. स्विटजरल्याण्डको समावेशि मनोनयन

0

१४ जनवरी २०१६, स्विटजरल्याण्ड। गैर-आवासिय नेपाली संध, स्विटजरल्याण्डको ६ डिसेम्बर २०१५ को ओल्टनमा बसेको बैठकले कार्यकाल २०१५-२०१७ का लागि बिभिन्न पदहरुमा स्विटजरल्याण्डको नेपाली समुदायका परिचित ब्यक्तित्वहरुलाई मनोनित गरेको समाचार प्राप्त भएको छ। संस्थाका अध्यक्ष हिराबल गुरुङले अध्यक्षता गरेको उक्त बैठकमा अधिल्लो बैठकले मनोनित गरेका प्रवक्ता सन्तोष राई र महिला संयोजक शुभ एलमर लामालाई आईसिसि सदस्य विनय श्रेष्ठले पद र गोपनियताको सपथ ग्रहण गराएका थिए।

कार्यकाल २०१३-२०१५ भन्दा अगाडीको परम्परालाई पुन कायम गराउंदै हिराबल गुरुङले संस्थाको संरक्षक बनि मार्ग निर्देशन गरिदिन महामहिम राजदूत श्री दीपक धिताललाई अनुरोध गरेको र सो अनुरोधलाई महामहिम राजदूतबाट सहर्ष स्विकार गरिएको जानकारहरु बताउछन। त्यसैगरी उनले प्रस्ताव गरेको सल्लाहकार समिति र सदस्यहरु लाई बैठकले सर्वसम्मतिमा पारित गरेको जानकारी प्राप्त भएको छ।

संरक्षक एवं नव मनोनित ब्यक्तित्वहरुको नामावली:

संरक्षक

महामहिम राजदूत श्री दीपक धिताल

सल्लाहकार समिति

प्रमुख सल्लाहकार: पितम गुरुङ, सल्लाहकारहरु: डा.राजु अधिकारी, बिष्णु थापा, सर्वज्ञ लम्सालर धर्म गुरुङ (निर्वतमान अध्यक्ष)

कार्य समिति सदस्यहरु: प्रमोद भट्ट, गुणराज शर्मा

महिला फोरम

संयोजक: शुभ एल्मर लामा, सदस्यहरु:सीमा गौतम, विजया भट्ट, अमिना श्रेष्ठ, बिमला हायोज, शर्मिला वान ओल्डन मगर र सम्झना थापा

अध्यक्ष हिराबल गुरुङ र कार्य समितिको निर्णयहरु हेर्दा समावेशि तवरले मनोनयन गर्न चाहेको देखिन्छ। स्विटजरल्याण्डको एन. आर. एन. ए. मा लामो समय काम गरेका पूर्व आईसिसि सदस्य पितम गुरुङ सहित बौद्धिक ब्यक्तित्व डा. राजु अधिकारी, निर्वाचन प्रकृयालाई स्वतन्त्र तवरले सम्पन्न गर्न भुमिका निभाएका बिष्णु थापा र सर्वज्ञ लम्साललाई सल्लाहकार समितिमा मनोनित गर्नुमा दुरदर्शिता देखिन्छ भने निर्वतमान अध्यक्ष भएको आधारमा समेटनका निम्ति धर्म गुरुङ लाई सल्लाहकारमा मनोनित गरिएको भान हुन्छ। त्यसैगरी स्विटजरल्याण्डको नेपाली समाजका पुराना र बौद्धिक ब्यक्तित्व प्रमोद भट्ट को संस्थामा काम गर्ने उनको चाहनालाई सम्मान गरी कार्यसमिति सदस्यमा मनोनय गरिएको बुझिन्छ। प्रमोद भट्ट ले २०१५ को महाधिवेशनमा विधान संशोधन समितिका संयोजकका रुपमा महतत्वपूर्ण भुमिका खेलेको धेरैको विश्लेषण छ। त्यसै गरी स्विटजरल्याण्डको नेपाली समाजमा आफुलाई युवा, जोशिला र संस्थागत अनुभव संगालेका ब्यक्तिका रुपमा स्थापित गरेका गुणराज शर्मा को मनोनयन सार्थक देखिन्छ। चुनाव हारेकी सम्झना थापालाई महिला फोरममा मनोनित गरी उनको काम गर्ने ईच्छाको सम्मान गर्दै समावेशि बन्ने प्रयास गरेको बुझिएको छ। अमिना श्रेष्ठ, बिमला हायोज र शर्मिला वान ओल्डन मगर महिला फोरमका नयाँ अनुहारहरु हुन। बिभिन्न राजनीतिक भातृ संस्थाका बहालवाला पदाधिकारी मनोनित नभएको देख्दा एन. आर. एन. ए. को नियमावलीको सम्मान गर्न खोजिएको हो की जस्तो लाग्छ। समग्रमा हिराबल गुरुङले सल्लाहकार र सदस्यहरु मनोनयन गर्दा सक्षम ब्यक्तिहरु लाई मनोनित गर्दै समावेशि बन्ने प्रयास गेरेका छन्। उनको प्रयास प्रशंसायोग्य छ।सक्षम ब्यक्तिहरुको मनोनयनले संस्थालाई प्रभावकारी बनाउने र संस्थाको छबिमा बृद्धि हुने विश्वास गरिन्छ।

Share.

Leave A Reply