१७ वैशाख २०८१

तमु परिवार स्विटजरल्याण्डकी संयोजक युक्ता गुरुङको अनुरोध

0

०७ डिसेम्बर २०१५, स्विटजरल्याण्ड। तमु परिवार स्विटजरल्याण्डकी संयोजक युक्ता गुरुङले यहि जनवरी ९ तारिखमा आयोजना हुने ल्होसार कार्यक्रमको सम्पुर्ण तयारी सम्पन्न भएको बताएकी छिन। नेपाल स्वीस डट कमले यस सम्बन्धमा श्रीमति गुरुङलाई टेलिफोन सम्पर्क गरेको थियो। उनलेकार्यक्रममा प्रमुख अतिथि महामहिम राजदूत श्री दीपक धिताल र बिशेष अतिथिहरु गैर आवासिय नेपाली संधका प्रमुख संरक्षक श्री जीवा लामिछाने, उपाध्यक्ष श्री कुमार पन्त र सचिब श्री अर्जुन कुमार श्रेष्ठको उपस्थिति रहने जानकारी दिईन। साथै तमु परिवारको तर्फबाट उनले सबैलाई कार्यक्रममा निमन्त्रणा गर्दै सहभागि भई ल्होसार कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गरेकि छिन। तमु परिवारले आयोजना गरेको भएपनि ल्होसार तपाई हामी सबैको चाड भएको उनले चर्चा गरिन।

ल्होसार कार्यक्रममा सुभाष सुन्दासको लाईभ कन्सर्ट सहित स्विट्जरल्याण्डका कलाकारहरु गौरी गुभाजु, नीता कपुर, शर्मिला मगर र बर्षा हायोजको आकर्षक प्रस्तुति संलग्न एक मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमको आयोजना गरिने आयोजकहरुले यस अघिनै प्रकाशित सुचनामा जनाएका छन्। कार्यक्रममा सुभाष सुन्दासलाई गितारमा स्विट्जरल्याण्ड बासी प्रतिभाशाली संगीतकार रामु परियारले साथ दिने छन्। संगीतकार परियार पोखराको ओभिराप्तोरस व्याण्डका लिड गितारिष्ट हुन्। उनले नेपालमा आयोजित विभिन्न लाइभ कन्सर्टमा लिड गितारिष्टको भूमिका निभाएका छन्। त्यसै गरी कार्यक्रममा स्वादिष्ट नेपाली खाजा र खानाको व्यवस्था गरिएको जनाइएको छ।

Share.

Leave A Reply