०१ जेठ २०८१

ईनास डेनमार्कद्वारा चलचित्र कबड्डी कबड्डीको भव्य प्रदर्शन

0

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) डेनमार्कले राजधानी कोपन्हागनमा नेपाली चलचित्र कबड्डी कबड्डी सफल प्रदर्शन गरेको छ। गत २७ डिसेम्बर २०१५ को दिन कोपन्हेगनको Axeltorv 9 1609 København मा रहेको ३१२ सिट क्षमता भएको हलमा प्रदर्शन भएको चलचित्र कबड्डी कबड्डी हेर्ने दर्शकहरुको निकै ठूलो भिड लागेको थियो र हाल खचाखच भरिएको थियो भने दर्शकहरुले पनि चलचित्रलाई अत्याधिक मन पराएको प्रतिकृया चलचित्र प्रदर्शन पश्चात ईनास डेनमार्ककी उपाध्यक्ष श्रीमती देवश्री कोइरालाज्यूसंगको संक्षिप्त कुराकानीमा दर्शकहरुबाट प्राप्त भएको थियो। साथै, उक्त कार्यक्रममा आगामी दिनमा कस्तो किसिमका चलचित्रहरु प्रदर्शन गर्दा दर्शकहरुलाई सन्तुष्ट बनाउन सकिन्छ भन्ने सन्दर्भमा आम दर्शकहरुबाट राय सुझाव संकलन गर्ने काम समेत भएको थियो। 

अपेक्षा गरेभन्दा पनि अत्याधिक दर्शकको उपस्थिति र कार्यक्रमको भव्य सफलतापछि  ईनास डेनमार्कका अध्यक्ष सन्त कुमार थापा मगर, ईनास डेनमार्कका तर्फबाट ग्लोबल समितिका सदस्य राजमान तामाङ्ग, इभेन्ट को-अर्डिनेटर रबिन्द्र खड्का र प्रवक्ता हरि न्यौपाने लगायतका सबै पदाधिकारीहरुले खुसी ब्यक्त गरे । ईनास डेनमार्कले स्थापनाकाल देखिनै सधै डेनमार्कवासी सम्पूर्ण महानुभावहरुबाट माया पाउदै आएको र बिगतका सबै कार्यक्रमहरु समेत निकै सफल रुपमा सम्पन्न भएको प्रसङ्ग उल्लेख गर्दै यस कार्यक्रम सफल हुनुमा पनि सबै डेनमार्कवासीहरुको माया र आफ्नो संस्था भित्रको राम्रो टिम वर्कको प्रमुख भूमिका रहेको प्रतिकृया दिएका थिए । चलचित्र कबड्डी कबड्डी हेर्न आएका एनआरएन डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडाल लगायतका अन्य व्यक्तित्वहरुले पनि चलचित्रलाई राम्रो चलचित्र प्रदर्शन गरेकोमा आयोजकलाई धन्यवाद दिनुका साथै आउदा दिनहरुमा पनि ईनास डेनमार्कले यस्तै राम्रा कार्यक्रमहरु आयोजना गर्ने र राम्रा चलचित्रहरु प्रदर्शन गरेर अघिबढ्न सुझाव दिएका थिए।  चलचित्र प्रदर्शनी सोचेको भन्दा पनि धेरै सफल भएकोमा आयोजकका तर्फबाट फोटो र भिडियोमा सघाउ पुर्याउने क्लिक कोपन्हेगनका फ़ाउण्डर गणेश खड्का लगायत अन्य विभिन्न कार्यमा जिम्मेवारी सम्पन्न गर्नुहुने इनासका पदाधिकारीहरु र चलचित्र प्रदर्शनमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिइएको थियो ।

inas denmark film pradarshan 2 inas denmark film pradarshan 3 inas denmark film pradarshan..

Share.

Leave A Reply