२२ वैशाख २०८१

बासेल, स्विट्जरल्याण्डको एक प्रमुख आर्थिक क्षेत्र

0

बासेल प्रदेश (Basel-Canton) स्विट्जरल्याण्डको एक प्रमुख तथा गतिशील आर्थिक क्षेत्र हो। यस शहरको सफलताको प्रमुख कारणहरु मध्यको एक प्रमुख कारण संसारकै ठुला कम्पनीहरु जस्तै Novartis, Roche, तथा Syngenta को प्रमुख कार्यालय हुनु हो । स्वास्थ्य विज्ञान तथा अनुसन्धान, कृषि बिज्ञानमा यी कम्पनीहरु लगायत सो क्लस्टर का साना, मझौला उद्योगहरु को उल्लेख्य उपस्थितिका कारण संसार भरिका बैज्ञानिक तथा विद्वतबर्गहरु बासेल क्षेत्रप्रति आकर्षित छन् । बासेल-सहर (Basel-Stadt), बासेल-गाउँ (Basel-Landtschaft), तथा युरा (Jura) का केहि भागहरु, Frictal region ओगटेको बासेलमा झन्डै ६३०,००० मानिसहरु बसोबास गर्दछन । बहुसांस्कृतिक पहिचान को प्रमाण स्वरूप बासेलमा कुल जनसंख्याको झन्डै ३५% रहेको आप्रबासी कामदारहरु विभिन्न विधाहरुमा कार्यरत छन् । बासेल सहर आकर्षक हुनुको बिबिध कारणहरु तल उल्लेख गरिएको छ, जुन विभिन्न श्रोतहरु बाट सार मा लिईएको हो ।
सफल स्वास्थ्य बिज्ञान सम्बन्धि उद्योगहरु – बासेल सहरमा बिस्वकै प्रमुख उद्योग का साथै सयौको संख्यामा साना तथा मझौला (small and medium enterprises) को उपस्थिति छ । यहाँको स्थानीय सरकारले कुनै पनि उद्योगको को लागि आवश्यक पर्ने आर्थिक, प्राबिधिक, ब्यबस्थापकीय सीप, तालिम को व्यवस्था गरेको छ । यस्ता सहयोगले लगानीकर्ताहरुमा आत्म विश्वास बढाउन मदत गर्दछ । यसले बासेल को स्वास्थ अनुसन्धान क्षेत्रको विकास मात्र नभएर समग्र आर्थिक, सामाजिक बिकासमा उल्लेख्य भूमिका खेलेको छ ।
अन्तराष्ट्रिय तथा बहुभाषिक कार्यक्षेत्र – झन्डै १६५ देशका नागरिकहरुको प्रतिनिधित्व रहेको बासेल सहरलाई एक बहुराष्ट्रिय सहर भन्दा फरक नपर्ला । बासेल सहर को बहुआयामिक विकास, श्रेष्ठतम जीवनशैलीले बिश्वका जुनै देशका नागरिकलाई पनि आकर्षित गर्दछ । स्थानीय जर्मन भाषा (Schweizerdeutsch; Swiss German) प्रमुख भाषा रहेता पनि फ्रेन्च, इटालियन, पोर्तुगीस, स्पानिश भाषा बढी चलनचल्तीमा रहेका भाषाहरु हुन् । येध्यपी अंग्रेजी भाषाले प्रमुख स्थान पाउने क्रम जारी छ र झन्डै ३६ प्रतिशत कार्यालयहरुमा औपचारिक कामकाजी तथा सामान्य बोलचालमा अंग्रेजी बहसको प्रयोग बढ्दै गएको छ ।
खुला तथा सहिष्णु समाज – बहुभाषिक तथा बहुसांस्कृतिक क्षेत्र भएकाले बासेल को समाज खुला तथा सहिष्णु छ । जेर्मनी र फ्रान्सको नजिक रहनुले पनि यहाँका बासिन्दाहरु खुल्ला हृदयका हुनुका कारणले नव-आगन्तुकलाई सामाजिक एक्यबद्ध (integration) हुन धेरै समय लाग्दैन ।
उच्च जीवनशैली – यहाँको जीवनशैली युरोपभरिकै उच्च मध्यको एक हो । यहाँ बिश्वबिख्यात संग्रहालयहरु रहनुका साथै अन्तराष्ट्रिय प्रदर्शनीहरु निरन्तर भैरहने ठाउँ पनि हो, जसले बिश्वभरि आफ्नो उपस्थितिको उच्च मुल्यांकन को अनुभूति दिन्छ । बासेलमा अवस्थित Kunstmuseum बिश्वकै पाँचौ उत्कृस्ट कला संग्रहालय हो । जाडोमा अति जाडो तथा गर्मीमा बासेल को मौसम स्वित्ज़ेर्लंद को अन्य सहरहरु जस्तै जुरिच, जेनेभा मा भन्दा तुलनात्मक रुपमा बढी गर्मी हुन्छ । सामाजिक सुरक्षा को स्थिति बलियो छ तथा, सहर भित्र तथा बाहिर चल्ने सार्बजनिक यातायात सरल र सुविधायुक्त छ ।
उच्च शिक्षाको अवसर – बासेल बिश्वबिध्यालय स्वित्ज़ेर्लंद को सबैभन्दा जेठो बिश्वबिध्यालय हो जुन सन् १४६० मा स्थापना भएको थियो । यो बिश्वबिध्यालय बिश्वको शिर्ष १०० बिश्वबिध्यालय मध्यमा पर्दछ । तथापी अन्य शैछिक तथा स्वास्थ अनुसन्धान संस्थाहरु जस्तै Friedrich Miescher Institute for Biomedical Research (FMI), Eidgenössische Technische Hochschule Zürich (ETH) को spin-offs संस्थाहरु पनि छन् । तसर्थ, यहाँ अध्ययन गर्न बिश्वभरि बाटै बिधार्थीहरुको ओइरो लाग्दछ जसले यहाँको समाजलाई झन विविधतायुक्त बनाउन उत्प्रेरित गरेको छ ।
सुलभ भौगोलिक परिवेश – उत्तर्-पश्चिम मा पर्ने बासेल विमानस्थल (EuroAirport Basel Mulhouse Freiburg Airport) मुख्य शहरबाट १७ मिनेटको दूरीमा पर्दछ, जहाँबाट बिस्वका प्रमुख शहरहरु जस्तै लण्डन, पेरिस, अम्स्तेर्दम, मिलान, लिस्बोन, फ्रंकफुर्ट ३ घण्टा भित्रनै पुग्न सकिन्छ । येस्तै यहाँको मुख्य रेलमार्ग पनि बिस्वका प्रमुख शहरहरु सँग राम्रो नेटवर्कमा रहेको छ । बासेल को आम्दानी कर उच्च रहेता पनि, उदार श्रम-कानून, रोजगारीको प्रचुर सम्भावना, कुशल प्रशासन, तथा राजनीतिक स्थिरता बाट स्थानीय बासिन्दा होस् वा उच्च क्षमता भएका आप्रबासी (highly skilled migrant), जो कोही ले पनि प्रशस्त लाभान्वित हुनु सकिन्छ |

-डा. विजय मल्ल, स्विट्जरल्याण्ड

Share.

Leave A Reply