२४ वैशाख २०८१

तमु परिवार स्विट्जरल्याण्ड द्वारा ल्होसार कार्यक्रम आयोजना हुने

0

“तमु परिवार स्विट्जरल्याण्ड” द्वारा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि हाम्रो महान राष्ट्रिय पर्व “तमु ल्होछार” २०७२ (GURUNG LHOCHHAR 2016) को उपलक्ष्यमा “ल्हु ल्हो” (भेंडा वर्ग) लाई बिदाइ एवं “प्र ल्हो” (बाँदर वर्ग) को स्वागत गर्दै एक आपसमा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम यही आउने ९ जनवरी २०१६ शनिबारको दिन स्विट्जरल्याण्डको राजधानी बेर्नमा राखिएको छ। आदरणीय स्विट्जरल्याण्ड बासी नेपाली दिदीबहिनी, दाजुभाई, नेपाल र नेपाली संस्कृति प्रति माया गर्ने स्वीस एवं स्विट्जरल्याण्डबासी सम्पूर्ण माहानुभावहरु तथा स्विट्जरल्याण्डका विभिन्न नेपाली संघ संस्थाका सम्पुर्ण साथीहरूलाई  निम्न स्थान र समयमा उपस्थित भइ कार्यक्रम सफल पारि दिनु हुन “तमु परिवार स्विट्जरल्याण्ड” हार्दिक अनुरोध गर्दछ।

यही अबसरमा एक मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ। कार्यक्रमका बिषेश आकर्षण प्रतिभावान संगीतकार एवं गायक सुभाष सुन्दासले भर्खरै आफ्नो सांगीतिक एल्बम प्रकाशमा ल्याएका छन। त्यसै गरी स्विट्जरल्याण्डमा परिचित कलाकारहरु गौरी गुभाजु, निता कपुर, शर्मिला मगर एवं बर्षा हायोजले आकर्षक नृत्यहरु प्रस्तुत गर्नेछन।

Lho-Chhar 2016

कार्यक्रम समय र मितीः

०२:३० बजे देखि २२:०० बजे सम्म, ०९ जनवरी २०१६

कार्यक्रम स्थानः

Kirchgemeinde Petrus Bern

Brunnadernstrasse 40

3006 Bern

प्रवेश शूल्कः

प्रति व्यक्ति २५ स्वीस फ्रान्क, विध्यार्थीहरुका लागि प्रति व्यक्ति १५ स्वीस फ्रान्क।

ल्होसार कार्यक्रममा स्वागत गर्ने आकांक्षा सहित,

तमु परिवार स्विट्जरल्याण्ड।

Share.

Leave A Reply