२४ वैशाख २०८१

एन. आर. एन. ए. को औषधि अभियानको लागि स्विट्जरल्याण्डबाट ने. रू. ४१८०००

0

२५ नोभेम्बर २०१५। २४ नोभेम्बर २०१५ मा स्विट्जरल्याण्डको ओल्टनमा गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डले नेपाल पठाउने अत्यावश्यक औषधिहरुका लागि अर्थ संकलन गर्न एक कार्यक्रमको आयोजना गर्यो। गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डका अध्यक्ष हिराबल गुरूङको सभापतित्व र गैर-आवासिय नेपाली संघ, अर्न्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुमार पन्तको प्रमुख आतित्थमा कार्यक्रम सम्पन्न भयो। उपाध्यक्ष पन्त युरोप क्षेत्रको अत्यावश्यक औषधिका लागि अर्थ संकलन अभियानका संयोजक पनि हुन। अर्न्तराष्ट्रिय समन्वय परिषदकी महिला संयोजक सपिला राजभण्डारी, स्विट्जरल्याण्डका आई.सि.सि. सदस्य विनय श्रेष्ठ र स्विट्जरल्याण्डकै भूतपूर्व आई.सि.सि. सदस्य पितम गुरूङको कार्यक्रममा उपस्थिति थियो। त्यसै गरी स्विट्जरल्याण्डको ब्यक्तिगत भ्रमणमा रहेका नेपाली जनसम्पर्क समिति, बेल्जियमका अध्यक्ष सन्तोष जोशि कार्यक्रमको अन्त्यमा कार्यक्रम स्थल आईपुगेका थिए।

गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डका पदाधिकारी एवं सदस्यहरुले उपाध्यक्ष पन्त र महिला संयोजक राजभण्डारीलाई खादा लगाई हार्दिक एवं न्यानो स्वागत गरेका थिए। आ-आफ्नो मन्तव्यको क्रममा प्रमुख अतिथि पन्त एवं अतिथि राजभण्डारीले भारतीय अघोषित नाकाबन्दिका कारण नेपालमा सृजित भयावहपूर्ण अवस्थाको चर्चा गर्दै अत्यावश्यक औषधिको आपूर्ति तत्काल गर्नु पर्नेमा जोड दिदै सबैलाई सहयोगका लागि अनुरोध गरे। त्यसै गरी आई.सि.सि. सदस्य विनय श्रेष्ठले नेपालमा अत्यावश्यक औषधिहरुको आपूर्ति तत्काल नभएमा हजारौं नेपाली दाजु-भाई एवं बालबालिकाहरु आपतकालिन उपचारबाट बन्चित हुनु पर्ने अवस्था रहेको बताउँदै यसले नेपालमा एक मानविय संकट उत्पन्न हुने बताए। स्विट्जरल्याण्डका भूतपूर्व आई.सि.सि. सदस्य पितम गुरूङले विध्यामान समस्याको कारण बुझि कुटनीतिक तबरले एक दिर्घकालिन समाधान खोज्नु पर्नेमा जोड दिए। उनले यदि एनआरएनएले नेपालमा आर्थिक एवं सामाजिक रुपान्तरण चाहेको हो भने राजनीतिक मुद्धाहरुमा पनि बोल्नु पर्ने बताए।

अतिथिहरुको अनुरोधको उत्तर दिदैं गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डका अध्यक्ष हिराबल गुरूङले संस्थाको तर्फबाट चारहजार स्वीस फ्रान्क (लगभग चारलाख अठ्ठारहजार नेपाली रुपैयां) अत्यावश्यक औषधि-अभियानलाई सहयोगको घोषणा गरे। कार्यक्रममा स्वागत भाषण संस्थाकी उपाध्यक्ष सीमा गौतम र कार्यक्रम संचालन संस्थाका महासचिव भूमिराज गुरूङले गरेका थिए।

त्यसै गरी अत्यावश्यक औषधिहरुको लागि अर्थ संकलनका लागि २८ नोभेम्बर २०१५ मा फ्राङफर्ट, २९ नोभेम्बर २०१५ मा आम्टरडम र ३० नोभेम्बर २०१५ लक्जेमबर्गमा कार्यक्रमहरु आयोजना हुने बताईएको छ।

  UntitledKumarpantamettingmetting1 Olten metting

Share.

Leave A Reply