२४ वैशाख २०८१

तिहार एवं लक्ष्मी जयन्ती कार्यक्रम सम्पन्न

0

२१ नोभेम्बर २०१५, जुरीख। नेपाली जनसम्पर्क समिति, स्विट्जरल्याण्डले सन २००७ देखि हरेक बर्ष नियमित आयोजना गर्दै आएको तिहार एवं लक्ष्मी जयन्ती कार्यक्रम यस बर्ष पनि जुरीखमा भब्यताका साथ सम्पन्न भयो। संस्थाका अध्यक्ष राम महत्तोको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कविता वाचन र साँसकृतिक कार्यक्रमका साथै चिठ्ठा कार्यक्रमको संचालन गरीएको थियो। कार्यक्रमका विशेष अतिथि जनसम्पर्क समिति, स्विट्जरल्याण्डका भू. पू. अध्यक्ष गुणराज शर्मा, गैर-आवासिय नेपाली संघ स्विट्जरल्याण्डका आईसिसि सदस्य डा. विनय श्रेष्ठ र नेस्कोफका अध्यक्ष अच्युत फुयालले यस अवसरमा आ-आफ्नो मन्तव्य व्यक्त गरे। कार्यक्रमको औपचारिक सत्रमा स्वीस नेपाली समाजका उपाध्यक्ष एवं स्वीस नेपाली भुकम्प पुर्ननिर्माण अभियानका संयोजक पितम गुरूङ र बासेल समाजका सल्लाहकार डा. राजु अधिकारीलाई मञ्चमा आसन ग्रहण गराइएको थियो।

आयोजकहरुले यस बर्ष पहिलो पटक बाल-बालिकाहरुका लागि खेलको आयोजना गरेका थिए। त्यसै गरी आरगाउ निवासी गौरी बर्तौलाले सहभागिहरुको मनोरञ्जनका लागि जादू प्रस्तुत गरेका थिए। स्विट्जरल्याण्डको नेपाली समाजमा परिचित व्यक्ति बर्तौला एक सौखीन जादूगर हुन्। साथै रमीता महर्जनले मनमोहक नृत्यहरु प्रस्तुत गरिन। सदा झै चिठ्ठा कार्यक्रम सबैका लागि मनोरञ्जक र आकर्षकको केन्द्र रहयो। जुरीख निवासी सरीन मल्लले पहिलो पुरस्कार ल्याबटप जीत्न सफल भईन्। चिठ्ठाका विजयीहरु लाई राम महत्तो, गुणराज शर्मा, डा. विनय श्रेष्ठ र पितम गुरूङले पुरस्कार वितरण गरेका थिए। औपचारीक सत्रमा स्वागत भाषण नारायण कडेल र कार्यक्रमको संचालन तिलक थापा र कृष्ण गुरूङले गरेका थिए।

jss212238041_989392611120181_3843261470563822744_o 12239318_989394931119949_7694080172966925891_o 12244549_989394321120010_8587860629479528107_o 12291986_989391751120267_3434985718415503562_oUntitled

Share.

Leave A Reply