२१ वैशाख २०८१

एनआरएनए स्विट्जरल्याण्ड द्वारा सहयोगको लागि अनुरोध

0

१९ नोभेम्बर २०१५, स्विट्जरल्याण्ड। छिमेकी मुलुक भारतले गरेको आघोषीत नाकाबन्दीकाकारण पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक सामग्रीहरु नेपालमा भित्रिन नपाउँदा साधरण नेपालीहरुको दैनिकी कष्टकर हुदै गैरहेको र आपतकालीन उपचारको लागी अस्पतालहरुमा भएको औषधीहरु पनि स्टक नभएकोले गैर-आवासिय नेपली संघ, स्विट्जरल्याण्डले उक्त सहयोगको लागि सानो सहयोगले असंख्य नेपालीहरुको जीवन रक्षा गर्नेछ भन्दै सहयोग गरी दिनु हुन सबै लाई अनुरोध गरेको छ।

संघका महासचिव भूमीराज गुरूङ द्वारा प्राप्त सहयोगको लागि अनुरोधको पूर्णपाठ:

आदरणीय स्विट्जरल्याण्ड वासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरु,

हार्दिक नमस्कार।

हाम्रो मातृभूमि नेपालमा छिमेकी मुलुक भारतले गरेको आघोषीत नाकाबन्दीकाकारण पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक सामग्रीहरु नेपालमा भित्रिन नपांउदा साधरण नेपालीहरुको दैनिकी कष्टकर हुंदै गेइरहेको छ। आपतकालीन उपचारको लागी अस्पतालहरुमा भएको औषधीहरु पनि स्टक नभएको कुरा जानकारीमा आएको छ। नेपाल र नेपालीहरुले भोग्नु परेको यस्तो विकराल समस्याबाट हामीगैरआवासिय नेपालीहरु कदापी निरपेक्ष रहन सक्दैनौ। यसैलाई मध्यनजर गर्दै गैरआवासिय नेपाली संघ, अर्न्तराष्ट्रिय समन्वय परिषदको मिति १५ नोभेम्बर २०१५ मा बसेको बैठकले नेपालका अस्पतालहरुलाई आपतकालिन उपचारहरुका लागि अत्यावश्यक औषधिहरु उपलव्ध गराउने उदेश्यका साथ घटीमा १० करोड नेपाली रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ।

आदरणीय स्विट्जरल्याण्ड वासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरु,विभिन्न संघ संस्थाका पदाधिकारी ज्यूहरु,समाजसेवी साथीहरु र पत्रकार मित्रहरु, हाम्रो मातृभूमिलाई यतिखेर तपांई हाम्रो सहयोगको आवश्यकता छ।हाम्रो सानो सहयोगले असंख्य नेपाली आमा बुवा,दाजुभाई,दिदिबहिनीहरुको जीवन रक्षा गर्नेछ।

गैर-आवासीय नेपाली संघ,स्विट्जरल्याण्ड यहांहरु सबैमा आफुले सकेको सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछ।अत्यावश्यक औषधिका लागि अर्थ संकलन अभियानमासहयोगको लागी गैर-आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु लाईसम्पर्क गर्नवा सिधै गैर-आवासीय नेपाली संघ,स्विट्जरल्याण्डको खातामा रकम जम्मा गर्न सक्नुहुनेछ।

गैर-आवासीय नेपाली संघ,स्विट्जरल्याण्डको खाता विवरण:

Non-Resident Nepali Association,Switzerland

Account number : 85-497960-9

IBAN CH74 0900 0000 8549 7960 9

BIC POFICHBEXXX

सम्पर्कको लागी:हिराबल गुरुङ: 078 912 96 10, सिमा गौतम: 078 819 27 36, श्याम घले: 078 722 37 90, भूमिराज गुरुङ: 076 427 54 43, फनिन्द्र पन्त: 078 640 82 53, शुक्र श्रेष्ठ: 076 570 75 60, अर्जुन बास्टकोटी: 076 398 60 36, शोभा एलमेर लामा: 079 832 75 77, सन्तोष राई: 078 704 55 91, लाल सुनार: 076 541 83 93, ठाकुर प्रसाद अधिकारी: 079 126 22 33, किरण गुरुङ: 078 851 50 25, प्रेम सापकोटा: 079 952 91 89 , प्रदिप बस्नेत: 079 387 05 71, विजय दर्पण: 076 535 60 34, राम परियार: 076 334 65 26, विनय श्रेष्ठ: 077 420 29 92

तपाईहरुको सहयोगको अपेक्षा सहित,

गैर-आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद, स्विट्जरल्याण्ड

Share.

Leave A Reply