२१ वैशाख २०८१

स्विट्जरल्याण्डको बासेलमा सुनाकलीको भव्य प्रदर्शन

0

१५ नोभेम्बर २०१५, स्विट्जरल्याण्ड। अनेकस स्विट्जरल्याण्डको आयोजनामा आज बासेल शहरमा सुनाकली नामक नेपाली बृतचित्रको भव्यताका साथ प्रदर्शन भयो। कार्यक्रमको औपचारीक सत्रको सभापति संस्थाका अध्यक्ष धनसिंह ठकुरी र बिषेश अथिति अनेकस युरोपका सह-संयोजक गुणराज शर्माले दियो प्रज्वलन गरी उद्घाटन गरेका थिए। त्यसै गरी स्विट्जरल्याण्डका बिभिन्न संघ-संस्थाका अध्यक्ष एवं प्रतिनिधीहरु लाई आसन ग्रहण गराईएको थियो। औपचारीक सत्रमा आफ्नो मन्तव्य राख्दै गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डका अध्यक्ष हिराबल गुरूङले नेपाली कला र संस्कृतिको प्रवर्धनका लागि ईनास स्विट्जरल्याण्ड संग सह-कार्य गर्न तयार रहेको बताए। एनआरएनए आईसिसि सदस्य डा. विनय श्रेष्ठले मन्तव्यको क्रममा आफ्नो कविता पाठ गर्दै ईनासको अभियान प्रवासको जाडोमा अगेनोको न्यानो र मरुभुमीको प्रचण्ड तापमा सितल छहारी हुनु पर्ने बताए। त्यसै गरी गुणराज शर्माले ईनास स्विट्जरल्याण्ड गठनको क्रममा फैलिएका भ्रमहरु असत्य भएको बताउदै प्रवासी जीवनमा ईनासको महत्व बारे प्रकाश पारे। कार्यक्रममा सुनाकलीका निर्देशक भोजराज भाटको पनि प्रत्यक्ष उपस्थिति रहयो। त्यसै गरी आजको कार्यक्रममा नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्डका अध्यक्ष रामकुमार महत्तो, नेपाली जुरीख स्पोर्टस क्लबका अध्यक्ष देव राई, बेर्न समाजका अध्यक्ष बिष्णु थापा, बासेल समाजका अध्यक्ष रेशम रोक्का, ओएनएफका संयोजक प्रविण थापा, स्वीस नेपाली समाजका उपाध्यक्ष एवं स्वीस नेपाली भुकम्प पीडित पुन निर्माण अभियानका संयोजक पितम गुरुङको उपस्थिति थियो।

बृतचित्रको प्रदर्शन पश्चात दर्शकहरुले निर्देशक भाटको कामको प्रसंशा गर्दै ईनास स्विट्जरल्याण्डलाई कार्यक्रम आयोजना गरेकोमा धन्यबाद दिएका थिए। बिभिन्न अर्न्तराष्ट्रिय पुरस्कारहरु प्राप्त गरेको बृतचित्र सुनाकली नेपालको दुरगम क्षेत्र मुगुकी एक बालिकाले फुटबलका माध्यमबाट आफ्नो गाउँमा सामाजिक परिवर्तन गर्न खेलेको योगदानमा आधारीत छ। एक त दुरगम ठाउँ, त्यस माथि महिला एवं बालबालिकाहरुको कस्ठपूर्ण जीवनलाई उठानगरेको छ सुनाकलीले। एक पटक सबैले हेर्नै पर्ने बृतचित्र हो, सुनाकली।

कार्यक्रमलाई सफल गराउन स्विट्जरल्याण्डको बिभिन्न व्यक्तित्वहरुको सहयोग रहेको आयोजकहरुले बताउदै एनाआरएनए स्विट्जरल्याण्डका प्रवक्ता सन्तोष राई, ईनास स्विट्जरल्याण्डका उपाध्यक्ष टेम्पा गुरुङ, बासेल समाजका सचिव जीवन भट्टराई, बासेलवासी डा. राजु अधिकारी र श्रीमति सुनम पन्त, त्यसै गरी गौरी गुभाजु, रामशरण अधिकारी, तारा सापकोटा, छिरिङ शेर्पा र जगन के. सी. लाई हार्दिक धन्यबाद व्यक्त गरे। उक्त कार्यक्रमको रोचक संचालन ईनास स्विट्जरल्याण्डका महासचिव डा. विजय मल्लले र स्वागत भाषण संस्थाकी कोषाध्क्ष आशा स्टुकीले गरेकी थिईन।

tite2image-55095cf219d916520a441aa84714d7c61af9c88312abd24bc7dd272b8fe61d54-VUnbenannt

Share.

Leave A Reply