२१ वैशाख २०८१

दिपावली कार्यक्रमका लागि जेएसएसले गर्यो भव्य तयारी

0

१२ नोभेम्बर २०१५, स्विट्जरल्याण्ड। नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्डले स्थापनाकाल देखी स्विट्जरल्याण्डमा आयोजना गर्दै आएको तिहार कार्यक्रम यस पटक पनि भव्यताका साथ कार्यक्रम गर्ने तयारी गरेको छ।

कला र संस्कृतिको संरक्षण गर्दै नेपाली नेपाली बीचको सम्बन्ध लाई प्रगाढ बनाउने उदेश्यले लक्ष्मी जयन्ती र तिहार कार्यक्रम यस बर्ष २१ नोभेम्बर २०१५ शनिबारको दिन जुरीखमा आयोजना गरेको छ। सधै बर्ष झै यस बर्ष पनि भाग्यशाली चिट्ठा, देउसी भैलो कार्यक्रम र स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी गराएको छ।

उक्त कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाई दिनु हुनको लागि स्विट्जरल्याण्ड स्थित संम्पूर्ण संघ-संस्थाहरु लगाएत नेपाली तथा नेपाल लाई माया गर्ने बिदेशी महानुभावहरु लाई हार्दिक अनुरोध गर्दै दिपावलीको हार्दिक मंगलमय शुभकामना नेपाली जन सम्पर्क समितिले व्यक्त गरेको छ।

समितिका कोषाध्यक्ष कृष्ण गुरुङले दिएको जानकारी अनुसार कार्यक्रम सम्बन्धी जानकारी यस प्रकारको छ।

मिती : २१ नोभेम्वर २०१५ , शनिवार 

समय : दिनको १५ बजे 

स्थान : Zürcher Gemeinschaftszentren,

          GZ Grünau,

          Grünauring 18, 8064 Zürich

प्रवेश शुल्क – नि -शुल्क  (साथमा  नेपाली खाना, सफ्ट पेय पदार्थ )

चिट्ठा सम्वन्धी  जानकारी:

चिट्ठा शुल्क – २० फ्रान्क मात्र 

प्रथम पुरुस्कार – ल्यापटप १ थान 

दोस्रो   पुरुस्कार – ट्याब्लेट १ थान 

तेस्रो पुरुस्कार – ट्याब्लेट  (२ थान )

सान्त्वना पुरुस्कार –   ५० फ्रान्कको गुटसाईन  (४  थान )

साथमा सरप्राईज पुरुस्कार

कार्यक्रमको जानकारी:

१५.००  बजे- अपेरो साथमा शुभकामना आदानप्रदान

१६ .००  बजे – लक्ष्मीजयन्ती एवं औपचारिक कार्यक्रम

१७.३०  बजे  –  देउसी भैली खेल्ने कार्यक्रम

१८.३० बजे – भाग्यशाली चिट्ठा कार्यक्रम

१९.००  बजे –  नेपाली खाना

२०.००  बजे देखि २२.०० सम्म  विविध सास्कृतिक कार्यक्रमका साथमा नेपाली डिस्को 

नोट – भाग्यशाली चिट्ठा लिन  , कार्यक्रममा आफना साहित्यिक रचना (जस्तै कविता ,मुक्तक , महाकवि देवकोटाका बारेमा आदि) बाचन गर्न, आफ्नो कला र प्रतिभा प्रस्तुत गर्न र कार्यक्रम सम्वन्धि सम्पूर्ण जानकारीका लागि निम्न लिखित व्यक्ति संग सम्पर्क गर्नु हुनपनि हार्दिक अनुरोध गर्दछौ |

आवश्यक  जानकारीका लागि सम्पर्क:

राम कुमार महतो जुरिच       076 586 5456

श्याम सापकोटा जेनेभा        078 674 7445

तिलक थापा आरगाउ          076 448 2016

सरोज घिमिरे लाउजाने         078 810 6820

कृष्ण गुरुङ बर्न                   078 908 8031

प्रकाश पौडेल जुरिच            076 474 6602

लक्ष्मी प्रसाई बासेल             076 500 9813

नारायण कंडेल बर्न              078 895 2021

तेम्पा गुरुङ सारगान्स           078 654 0342

आयोजक 

नेपाली जनसम्पर्क समिती,

स्विजरल्याण्ड

Share.

Leave A Reply