०४ जेठ २०८१

एमाओवादी नेता नन्दकिशोर पुन उपराष्ट्रपतिमा विजयी

0

Nandakishor pun 2Nandakishor pun 1

कार्तिक १४, काठमाडौं ।

सङ्घीय गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपतिमा एकीकृत नेकपा (माओवादी)का स्थायी समिति सदस्य एवम् पूर्व लडाकु कमाण्डर नन्दबहादुर पुन विजयी हुनुभएको छ ।

व्यवस्थापिका-संसद्, निर्वाचन अधिकृतको कार्यालयमा आज भएको मतदानमा पुनले ३२५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार अमियकुमार यादवले २१२ मत प्राप्त गर्नुभएको छ ।
व्यवस्थापिका-संसद्मा हाल ५९७ जना सांसद रहेका छन् । तीमध्ये निर्वाचनमा ५४७ सहभागी भएका थिए । तराई मधेसमा आन्दोलनमा रहेका मधेसवादी दलले भने निर्वाचनमा भाग लिएका थिएनन् । निर्वाचनमा १० मत बदर भएको थियो ।
संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले उपराष्ट्रपतिमा पुन निर्वाचित भएको घोषणा गर्नुभएको हो । यसअघि निर्वाचन अधिकृत एवम् व्यवस्थापिका-संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले उपराष्ट्रपतिको मत परिणाम सभामुख घर्तीलाई बुझाउनुभएको थियो ।
नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल प्रस्तावक र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख सचेतक दिलनाथ गिरी समर्थक रहनुभएका पुन सत्ता गठबन्धनका साझा उम्मेदवारका रुपमा मैदानमा उत्रनुभएको थियो ।
पुनलाई संसद्मा रहेका नेकपा ९एमाले०, एकीकृत नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेसी जनअधिकार फोरम नेपाल ९लोकतान्त्रिक० लगायत १५ दलले समर्थन गरेका थिए ।

Share.

Leave A Reply