२३ वैशाख २०८१

नेपाली जन सम्पर्क समितिको बार्षिक साधारण सभा जुरीखमा र तिहार २१ नोभेम्बरमा

0

नेपाली जन सम्पर्क समितिको बार्षिक साधरण सभा १ नोभेम्बर २०१५ आईतबारका दिन जुरीखमा गर्ने भएको छ। त्यसै गरी समितिले आयोजना गर्दै आएको तिहार कार्यक्रम २१ नोभेम्बर २०१५ शनिबारको दिन गर्ने र स्थान र समय अर्को सुचनामा प्रकाशित गर्ने जानकारी गराएको छ।

समितिका महामन्त्री तिकल थापाद्वारा प्राप्त जानकारीको पुर्ण पाठः

आदरणीय स्वीसमा बसोबास गर्नु हुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु नमस्कार, जय नेपाल !
1 नोभेम्बर 2015 आइतबार को दिन जुरिच शहर Zuricher Gemeinschaftzentren मा नेपाली जन सम्पर्क समिति स्वीट्जरल्यान्डको बार्षिक साधारणसभा हुन गइरहेको छ । राष्ट्रियता, लोकतन्त्र र समाजबाद मा आश्था र बिश्वास गर्नुहुने सम्पुर्ण स्वीट्जरल्यान्ड बसोबास गर्ने दाजुभाइ तथा दिदीबहिनीहरु साधारणसभामा सहभागी भइ रचनात्मक क्रियाकलापको लागि हातमा हातेमालो गर्दै विभिन्न छलफल गरेर सहयोग गर्नु गराउनु हुन हार्दिक अनुरोध गर्दछु।
नेपाली जन सम्पर्क समिति स्वीट्जरल्यान्डले बिगत बर्षहरुको summer season मा गर्दै आएको भलिबल प्रतियोगिता यो बर्षमा महाबिनासकारी भुकम्पले नेपालमा पुर्याएको मानबीय र धनजन को क्षतिमा शोक मनाएर भए पनि शोकाकुल परिवारलाई सहयोग पुर्याउनेछ ठानेर तत्काल आधा बर्ष भित्र सस्थागत रुपमा कुनै किसिमको रमाइलो कार्यक्रम गर्दा बिपत्तिमा परेकोलाई सहयोग जुटाउनु कार्यमा नकारात्मक सन्देश जानेछ भन्थानेर भलिबल प्रतियोगिता कार्यक्रम गर्न असमर्थ थियौ । यसमा भलिबल खेल प्रेमी साथीहरूलाई क्षमा प्राथी छौ र आगामी बर्षहरुमा निरन्तरता दिने जानकारी गराउन चाहन्छौ।
साथै, 21 नोभेम्बर शनिबारको दिन नेपालीहरुको दोर्सो महानपर्व शुभ-दीपावलीको पावन अबसरमा जन सम्पर्क समिती स्वीट्जरल्यान्डले “लक्ष्मी पुजा देउसी भैलो ” तिहार कार्यक्रममा पहिलेको बर्षमा जस्तै भाग्यशाली चिट्ठा कार्यक्रमलाई निरन्तरता दिनेछ। तिहार कार्यक्रम हुने स्थान, समय र भाग्यशाली चिट्ठा सम्बन्धि पुर्ण जानकारीको अर्को सुचना छित्तै प्रकाशित गरिनेछ।

तिलक थापा
नेपाली जन सम्पर्क समिती
स्वीट्जरल्यान्ड

Share.

Leave A Reply