२३ वैशाख २०८१

नेपाली समाज बेर्नको आयोजनामा दशैं कार्यक्रम हुने

0

१९ अक्टोबर २०१५, स्विट्जरल्याण्ड। नेपाली समाज बेर्नको आयोजनामा र गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्ड लगायत स्विट्जरल्याण्ड स्थित बिभिन्न संग-संस्थाको सहकार्य र सहयोगमा नेपालीहरुको महान पर्व दशैं कार्यक्रम २५ अक्टोबर २०१५ आईतबारको दिन बेर्नमा हुने भएको छ।

समाजका अध्यक्ष बिष्णु थापाले दिएको जानाकारी अनुसार दिनको ३ बजेबाट शुरु गरीने उक्त कार्यक्रमको प्रवेश शुल्क ३५ स्वीसफ्रान्क लाग्ने छ भने बिध्यार्थी तथा बेरोजगार सहुलियको लागि २० स्वीसफ्रान्क र १२ बर्ष भन्दा मुनिका लागि निशुल्क गरेको छ।

बेर्न नेपाली समाजको तर्फबाट दशैंको शुभकामना व्यक्त गर्दै उक्त कार्यक्रममा सबैलाई चुलेनिम्तो गरेको छ। कार्यक्रम युपिटरस्ट्रासे-१५ (Jupiterstrasse 15, 3015 Bern) मा हुने भएको छ।

Share.

Leave A Reply