२२ वैशाख २०८१

गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डद्वारा जारी प्रेस-विज्ञप्ति

0

भर्खरै काठमाण्डौंमा सम्पन्न गैर-आवासिय नेपाली संघ, अर्न्तराष्ट्रिय समन्वय परिषदको अधिवेशनबाट २०१५-२०१७ कार्यकालको लागि अध्यक्षपदमा पुन निर्वाचित हुनु भएका शेष घले लगायत सम्पूर्ण पदाधिकारि ज्यूहरु लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै र उक्त परिषदको सातौं विश्व सम्मेलनमा स्विट्जरल्याण्डबाट सहभागि हुने प्रतिनिधी सदस्यहरुको नामवली सम्बन्धलाई लिएर स्विट्जरल्याण्डका केहि अनलाईन मिडियाहरुमा प्रकाशित भएको समाचार प्रति ध्यानाकर्षण भएको भन्दै गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डले प्रेश-विज्ञप्ति जारीगरेको छ।

प्रेस-विज्ञप्तिको पूर्णपाठ:

गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डद्वारा जारी प्रेस-विज्ञप्ति

भर्खरै काठमाण्डौमा सम्पन्न (अक्टोवर १४ देखि १७ सम्म) गैर-आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को सातौं विश्व सम्मेलनबाट (२०१५-२०१७) कार्यकालको लागी अध्यक्षमा पुन निर्वाचित हुनुभएका श्री शेष घले ज्यू लगायत् सम्पूर्ण पदाधिकारी ज्यूहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। स्विट्जरल्याण्डबाट सहभागी हुने प्रतिनिधी सदस्यहरुको नामवली सम्वन्धलाई लिएर स्विट्जरल्याण्डका केही अनलाईन मेडियाहरुमा प्रकाशित भएको समाचार प्रति हाम्रो ध्यानाकर्षण भएको छ ।

गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डले उक्त विश्व सम्मेलनको सचिवालयमा नामवली पठाउंदा सबै ईच्छुक तथा सहभागी सदस्यहरुको नाम समेटेर निर्धारित समय भित्र नै पठाईएकै हो । निर्धारित समय भित्र सबैको नाम समेटेर पठाएको नामावली विश्व सम्मेलनको सचिवालयमा प्राविधिक कारणले नभेटिएको जानकारी प्राप्त भएकोले, अर्को नामवली पठाउने क्रममा प्रविधिक कारणवस केही सदस्यहरुको नाम छुट्न गएको जानकारी आएपछि तुरुन्तै नामवली सच्चाएर पठाए पछि गैर-आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिवालय र निर्वाचन समितिले स्विट्जरल्याण्डबाट गएका सबै सहभागीहरुलाई वैधानिकता दिई विश्व सम्मेलनमा सहभागीता गराईएको कुरा जानकारी गराउन पाउँदा खुशी लागेको छ । यो प्राविधिक कमजोरीबाट पर्न गएको असजिलोपन प्रति क्षमाप्रार्थि छौँ। तर मिडियाहरुमा आएजस्तो सँस्थालाई राजनितिकरण गर्ने कुनै मन्साय र नियत बर्तमान कार्यसमितीको नभएको सबैमा स्पष्ट गर्न चाहन्छौँ । सँस्थाबाट हुन गएको प्राविधिक त्रुटिलाई लिएर अवान्छित आरोप र मिडियावाजी गरिएको प्रति हामी दुःख प्रकट गर्दछौँ।

गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्ड, हामी सबैको छाता संगठन भएकोले सबैले आ-आफ्नो ठाउंबाट आफुले सकेको सहयोग गर्नुपर्ने दायित्व हुन्छ। अगामी दिनहरुमा, सबै संघ-संस्थाहरु, मिडियाकर्मीहरु, समाजसेवी तथा स्विट्जरल्याण्डवासी नेपालीहरुबाट सकारात्मक सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरेका छौं। स्विट्जरल्याण्डबाट विश्व सम्मेलनमा सहभागी जनाउँदै सो सम्मेलनलाई सफल पार्न सहयोग गर्नु हुने सबैलाई, गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्ड, हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछ।

भूमिराज गुरुङ

महासचिव

गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्ड 

Share.

Leave A Reply