२४ वैशाख २०८१

अ.ने.क.स. (INAS) स्विट्जरल्याण्डको प्रथम बैठक सम्पन्न

0

११ अक्टोबर २०१५, स्विट्जरल्याण्ड। भरखरै मात्र गठन भएको अर्न्तराष्ट्रिय नेपाली कलाकार समाज स्विट्जरल्याण्डको कार्यसमितिको बैठक समाजका अध्यक्ष श्री धनसिङ ठकुरीको अध्यक्षतामा बासेलमा सम्पन्न भयो। स्विट्जरल्याण्डबाट नेपाली भाषा, साहित्य, कला, संस्कृति, पत्रकारीता एवं चलचित्र जस्ता क्षेत्रहरुमा टेवा पुर्याउने उदेश्यले समाजको गठन गरिएको हो। समाजको स्विट्जरल्याण्ड च्याप्टरले केन्द्रिय समिति संग उल्लेखित उदेश्य प्राप्तिका लागि सहकार्य गर्ने बिषयमा मासचिव श्री डा. विजय मल्लले जोड दिनु भयो।

बासेलमा सम्पन्न उक्त बैठकमा समाजको संस्थागत विकासका विषयहरु र आगामी कार्यक्रमहरुका बारेमा बिस्तृत छलफल भएको थियो। सन् २०१६ मा स्विट्जरल्याण्डमा आयोजना हुने चौंथो INAS युरोपेली नेपाली नृत्य एवं गायन प्रतियोगिता र सर्वोकृष्ट नेपाली चलचित्रहरुको घोषणा गर्ने कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न तयारी शुरू गर्ने निर्णय गरियो। यसका साथै नजिक आउँदै गरेको नेपाली महान चाड तिहारको उपलक्ष्यमा देउसी-भैलो कार्यक्रम आयोजना गर्ने निर्णय गरियो। यस INAS स्विट्जरल्याण्डका सल्लाहकार तथा आई. सी. सी. सदस्य श्री डा. विनय श्रेष्ठले INAS मार्फत गरिने कार्यक्रमको महत्वका बारेमा प्रकाश पार्नु भयो।

डा. विजय मल्ल

महासचिव

अ.ने.क.स. (INAS) स्विट्जरल्याण्ड

Share.

Leave A Reply