२१ वैशाख २०८१

एन. आर. एन. ए. स्विट्जरल्याण्डको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

0

१४ सेप्टेम्बर २०१५, स्विट्जरल्याण्ड। स्विट्जरल्याण्डको राजधानी बेर्न शहरमा गैर-आवासिय नेपली संघ, स्विट्जरल्याण्डको पद हस्तान्तरण कार्यक्रम निवर्तमान अध्यक्ष धर्म गुरुङको सभापतित्वमा सम्पन्न भयो। गत अगष्ट १६ तारीखका दिन सम्पन्न संस्थाको अधिवेशनले हिराबल गुरूङको अध्यक्षतामा कार्यकाल २०१५ – २०१७ का लागि एक नयाँ कार्यसमिति निर्वाचित गरेको थियो। नव निर्वाचित कार्यसमितिका अधिकांश पदाधिकारीहरु उपस्थिति रहेको उक्त कार्यक्रममा गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डका वर्तमान (अक्टोबर २०१५ सम्म) आई. सी. सी. सदस्य शिव रिजाल द्वारा नयाँ निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराईएको थियो। तर संघको प्रथा अनुसार नव निर्वाचित आई. सी. सी. सदस्य डा. विनय श्रेष्ठले भने गैर-आवासिय नेपाली संघको अक्टोबर २०१५ मा काठमाण्डौंमा आयोजना हुने सातौं विश्व सम्मेलनमा सपथ ग्रहण गर्ने छन्। त्यसै गरी निवर्तमान कार्यसमितिले नव निर्वाचित कार्यसमितिलाई हिसाब किताव एवं संस्थाका कागजातहरु हस्तान्तरण गरेका थिए। आजको पद हस्तान्तरण कार्यक्रममा स्विट्जरल्याण्डका संघ-संस्थाहरु: नेपाली जन सम्पर्क समितिका अध्यक्ष राम महत्तो, बेर्न समाजका अध्यक्ष बिष्णु थापा, नेपाली ऐकबध्दता मञ्चका अध्यक्ष अशोक फुयांल र नेपाली जन सम्पर्क समितिका भुतपूर्व अध्यक्ष एवं युवा समाज सेवी गुणराज शर्माको उपस्थिति रहयो। बिभिन्न वक्ताहरुले आफ्नो बिचार राख्ने क्रममा नव निर्वाचित अध्यक्ष गुरूङ र आई. सी. सी. सदस्य श्रेष्ठले संघलाई समावेशी बनाउदै सहमतिका आधारमा स्विट्जरल्याण्डको नेपाली समाजलाई एकताबध्द गर्दै काम गर्नु पर्नेमा जोड दिए। कार्यक्रमका अवसरमा राजकुमार शर्मा द्वारा तयार पारीएको नेपाली खानाको व्यवस्था गरिएको थियो।

12032213_960991893960253_1989538039217166912_n

Share.

Leave A Reply