२१ वैशाख २०८१

आन्दोलनकारीद्वारा घाइते असईको लखेटीलखेटी हत्या

0

२५ भदौ, महोत्तरी । महोत्तरीमा आन्दोलनकारीले उपचारका लागि अस्पताल लैजाँदै गरेका सशस्त्र प्रहरी असईको हत्या गरेका छन् । महोत्तरीस्थित सशस्त्र प्रहरीका एसपी धिरेन्द्र पाण्डेले घटनाको पुष्टि गरेका छन् ।

महोत्तरीमा शुक्रबार विहान आन्दोलनकारीको आक्रमणबाट असई थमनबहादुुर विक घाइते भएका थिए ।

उनलाई उद्धार गरी जिल्ला अस्पताल भर्ना गरिएको थियो । थप उपचारका लागि एम्बुलेन्समा राखेर जानकपुर लैजाने क्रममा उनको आन्दोलनकारीले हत्या गरेका छन् ।

मुल सडकमा ठाउँ ठाउमा अवरोध भएका कारण एम्बुलेन्स सहायक सडक मार्गबाट गएको थियो । भमरपुरा भन्ने स्थानमा पुगेपछि कल्भर्टमा अडि्कयो । प्रहरीलाई जनकपुर लैजाँदै गरेको सूचना पाएर आन्दोलनकारीले पछ्याइसकेका रहेछन् ।

कल्भर्टमा एम्बुलेन्स अडि्कको मौकामा आन्दोलनकारी पुगेपछि एम्बुलेन्समा भएकाहरु भागे । गम्भीर घाइते असई थमनबहादुर पनि भाग्न खोजे । तर, घरेलु हतियारसहित आएका आन्दोलनकारीले लखेटी लखेटी असई विकको हत्या गरेका छन् ।

आन्दोलनकारीले एम्बुलेन्समा आगो लगाएका छन् । असई विकको शव त्यहाँबाट झण्डै डेढ किलोमिटर हत्या गरिएको अवस्थामा भेटिएको एसपी चन्दले अनलाइनखबरसँग बताए ।

बिहान मात्र मुस्किलले बाँचेका थिए विक

असई विक शुक्रबार विहान हेटौंडामा संयुक्त राष्ट्रसंघको परीक्षामा सहभागी भएर फर्किएका थिए । गाडीबाट बर्दिबाससम्म पुगेका उनी त्यहाँ हरेको सशस्त्रको बेसब्याम्पबाट साइकल लिएर जलेश्वर पुगृेका थिए ।

चोकमा रहेका आन्देालनचकारीले उनलाई चिनेपछि रोकेर आक्रमण गरेका थिए । उनी भागेपछि लखेल्दै जलेश्वर बजारको पोखरी छेउमा पुर्‍याए । ज्यान बचाउन असई विक पोखरीमा हाफ फाले ।

आन्दोलनकारीले त्यहाँबाट निकालेर कुटे । उनको टोउकोका साथै शरीरको विभिन्न भागमा चोट लाग्यो । थप प्रहरी पुगेपछि उनले नयाँ जीवन पाएका थिए ।

तर, थप उपचारका लागि जनकपुर लैजाने क्रममा आन्देानलनकारी नै उनको हत्या गरेका छन् । एम्बुलेल्स चालक र असाई विकसँगै रहेका सशस्त्र प्रहरीका एक अधिकारीको अवस्था अज्ञात छ ।

-अनलाईन खबर

Share.

Leave A Reply