१६ वैशाख २०८१

स्विट्जरल्याण्डमा बस्ने एक नेपाली चेलीको पहलमा राहत बितरण

0

स्विट्जरल्याण्डको कान्टोन आरगाउको फिस्लिसबाखमा बसोबास गर्दै आएकी नेपाली चेली निर्मला भुजेल र उनकी श्रीमान Jean-Jack Bourdeau ले नेपालका विभिन्न जिल्लामा भूकम्प पीडितहरु लाई राहत बाडेका छन्।

उनीहरुले आफ्नो व्यक्तिगत प्रयासमा दोलखा, सिन्धुली, चितवन र पर्वतका भूकम्प पीडितलाई राहत बाँडेका हुन्। दोलखा जिल्लाका सात सय विद्यार्थीलाई स्कुल ब्याग र स्टेशनरी सामान, चितवन काउले ८ का चेपाङ बस्तीमा दुई सय ३० जालाई स्वीटर, जुत्ता र मोजा, पर्वतको सिल्मीका दलित विद्यार्थीलाई कपि, युनिर्फम र सिन्धुली बाशेश्वर र सितलपाटीका ३० घरपरिवारलाई प्रतिपरिवार १० हजार प्रदान गरेका छन्।

२७ जुन २०१५ का दिन Zentrum Gugger Fislisbach (Eingang von Migros) मा केक, स्प्रिङरोल र समोसा बेचेर भूकम्प पीडितहरुका सहयोगार्थ अर्थ संकलन गरेको थियो।

नेपालमा आई परेको यो बिपत्तीले नेपालमा बस्ने नेपालीहरुमात्र होइन नेपाल बाहिर बस्ने प्रवासी नेपालीहरुलाई पनि उत्तिकै मर्माहित बनाएको र उनीहरु कुनै न कुनै तबरले राहत संकलन तथा बितरणमा सरिक भएको देखिएको छ।

1508265411910729_734393493332574_1650304754_n

Share.

Leave A Reply