२३ वैशाख २०८१

फणिन्द्र पन्तको हार्दिक कृतज्ञता ज्ञापन

0

सम्पूर्ण स्विट्जरल्याण्ड निवासी आदरणीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा म फणिन्द्र पन्तको तर्फबाट हार्दिक नमस्कार !

तपाईंहरुको म प्रतिको आत्मिय विश्वास, साथ्, सहयोग र अमुल्य मतदानको कारणले मलाई सचिव पदमा विजयी गराई अझैँ अगाडि बढ्न, मैले गरेका प्रतिबद्दताहरूलाई कार्यान्वयनमा ल्याउन, लगनसिल र कर्मठ भई तपाईंहरूको म प्रतिको विश्वासलाई अझै प्रगाढ बनाउनको निमित्त जुन हौसला र जोस प्रदान गर्नुभएको छ त्यसमा म सदैब लागि पर्नेछु भन्दै हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु ।

यस एन. आर. एन. ए. स्विट्जरल्याण्डको चौथो राष्ट्रिय अधिवेसनलाई शान्तिपुर्वक सफल बनाउनको निमित्त आ- आफ्ना ठाउँबाट महत्वपुर्ण योगदान प्रदान गर्नुहुने सम्पूर्ण साथीहरु, निर्वाचन समिति, बिधान संसोधन समिति, २०१३- २०१५ कार्यकालका मित्रहरु, अधिवेसन पर्यवेक्षक ज्यु तथा पत्रकार साथीहरूमा हार्दिक आभार प्रकट गर्दै अहिले २०१५- २०१७ कार्यकालको लागि नव- निर्वाचित सम्पूर्ण साथीहरुमा हार्दिक बधाई एबम कार्यसफलताको लागि शुभकामना व्यक्त गर्न चाहन्छु।

याँहाहरुको विश्वासलाई कदर गर्दै अगाडि बढ्नको निमित्त र हामी नेपाली सबै एउटै वृहत छाता मुनि उभिनको निमित्त म मात्र नभई हामी सबैको आवश्यकता भएको हुँदा हरपल याँहाहरुको सल्लाह, सुझाब र साथ पाउनेछु भन्ने आत्मविश्वासका साथ् फेरी पनि सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

फणिन्द्र पन्त

Share.

Leave A Reply