२० वैशाख २०८१

एन.आर.एन.ए. स्विट्जरल्याण्डको कोषाध्यक्ष पदमा कृष्ण बहादुर गुरूङको उम्मेद्वारी घोषणा

0

समाज सेवा मेरो कर्तव्य र मेरो उम्मेद्वारीको अर्को पाटो

सामाजिक रुपान्तरणका लागि एन.आर.एन.ए एक प्रभावकारी बाटो

कृष्ण बहादुर गुरूङ

गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डको कार्यकाल २०१५ – २०१७ का लागि कोषाध्यक्ष पदका उम्मेद्वार


आदरणीय नेपाली दाजू-भाई दिदी-बहिनीहरु, बिभिन्न संघ-संस्थाका पदाधिकारीहरु र साथीहरु एवं पत्रकार मित्रहरु, म कृष्ण बहादुर गरुङको नमस्कार।

 

सर्वप्रथमतः म यहाँहरु समक्ष मेरो छोटो परिचय दिन चाहन्छु। मेरो नाम कृष्ण बहादुर गुरूङ, नेपालको स्थाई बसोबास बुटवल र बिगत चार बर्षदेखि स्विट्जरल्याण्डको बेर्नमा बसोबास गर्दै आएको छु।

ATT_1439454731367_image-f431b4cbb912ba26f93b04d2fc819073df48cff0919598a2dadedeb180d97186-Vनेपालमै हुदादेखि म समाज सेवामा लागि परें। बिषेश गरी मानव अधिकार, महिला हकहित, दलित उत्थान आदि बिषयहरुमा काम गरें। कर्म भुमिमा संघर्ष गर्दै भए पनि समाजसेवा गर्ने चाहाना भएकोले गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डको कार्यकाल २०१५ – २०१७ का लागि कोषाध्यक्ष पदमा मेरो उम्मेद्वारी घोषणा गरेको छु। स्विट्जरल्याण्ड बसाईको क्रममा म कुनै न कुनै माध्यमबाट सामजिक क्षेत्रमा आबद्ध छु। मैले समाज सेवालाई आफ्नो कर्तव्य र मेरो उम्मेद्वारीको अर्को पाटोको रुपमा बुझेको छु। नेपालको सामाजिक रुपान्तरणमा प्रवासमा बसोवास गर्ने हामी नेपालीहरुको महत्वपूर्ण भुमिका रहन्छ। जस्का लागि सर्वप्रथमतः हामी स्विट्जरल्याण्डवासी नेपालीहरु सवल, सक्षम र एकताबद्ध हुन जरुरी छ। मेरो पहिलो प्रयास नै सबै नेपाली संघ-संस्था र समुदायसंग मिलेर हतेमालो गरी अगाडि बढ्ने हुने छ।

 

 

 

 

मेरा प्रतिबद्दताहरुः

  • एन.आर.एन.ए स्विट्जरल्याण्डको आर्थिक ‍बिबरण एवं प्रतिवेदन चुस्त दुरुस्त राख्ने र त्यस्का बारेमा संस्थाका सदस्य साथीहरुलाई नियमित जानाकारी गराउने।
  • सबै सदस्यहरुलाई सदस्यता शुल्क बैंक भौचर वा ईन्टरनेटको माध्यमबाट तिर्न सकिने व्यवस्था गर्ने।
  • आर्थिक पारदर्शिता र अनुसासनलाई संस्थाको संस्कारका रुपमा विकाश गर्न प्रयास गर्ने।
  • शरणार्थी र विध्यार्थीका हैसियतमा स्विट्जरल्याण्डमा दुखपाएर बसेका नेपालीहरुको लागि कानुनि परामर्श कार्यालय स्थापना गर्ने।
  • दलित र पिछडिएका वर्गलाई पनि कार्यसमितिमा कोटा निर्धारण गर्ने।
  • कार्यसमितिमा महिला साथीहरुलाई उचित स्थान दिने।
  • अहिलेको कार्यसमितिले आरम्भ गरेका राम्रा कामहरु लाई निरन्तरता दिने। साथै भूकम्प पीडितहरुका लागि एन.आर.एन.ए अर्न्तराष्ट्रिय समन्वय परिषदले गरेको निर्णयलाई आत्मासाथ गर्दै १००० घर बनाउने योजना लागायत आई. सी. सी. का अन्य कार्यक्रमहरुमा योगदान दिने।

 

यहाँहरुको सल्लाह सुझाव र सहयोगको अपेक्षा सहित,

 

 

कृष्ण बहादुर गुरूङ

गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डको कार्यकाल २०१५ – २०१७ का लागि कोषाध्यक्ष पदका उम्मेद्वार

Share.

Leave A Reply