१५ वैशाख २०८१

करेन्ट लागेर एन्फा कार्यबाहक अध्यक्ष श्रेष्ठको निधन

0

३० जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका कार्यबाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको करेन्ट लागेर निधन भएको छ ।

ललितपुर भैंसेपाटीस्थित नयाँ घरमा शुक्रबारमात्र सरेका श्रेष्ठलाई विद्युतको लाइन मिलाउने क्रममा करेन्ट लागेको थियो । तत्कालै परिवारका सदस्यहरुले उनलाई अल्का अस्पताल लगेपनि चिकित्सकले मृत घोषणा गरेका छन् ।

श्रेष्ठको शनिबार पशुपति आर्यघाटमा अन्येष्टि गरिएको छ । त्यसअघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि एन्फा कम्प्लेक्स सातदोबाटोमा राखिएको थियो ।

श्रेष्ठ थ्रीस्टार क्लबका अध्यक्ष समेत हुन् । लेखा समितिले एन्फा अध्यक्ष गणेश थापाको अध्यक्ष पद स्थगन गर्न भनेपछि लामो समयदेखि उपाध्यक्ष रहेका श्रेष्ठ श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

श्रेष्ठका पत्नी, एक छोरा र एक छोरी छन् ।

-अनलाईन खबर

Share.

Leave A Reply