१८ वैशाख २०८१

नेपाली चेलिहरु द्वारा आयोजित च्यारीटि कार्यक्रम सफलताका साथ सम्पन्न

0

११ जुन २०१५, स्विट्जरल्याण्ड। ६ जुन २०१५ का दिन जेनेभा निवासि नेपाली चेलीहरु जर्नी प्रधान, शर्मिला मगर, गौरी गुभाजु र विन्दिया सुब्बा द्वारा संयुक्त रुपमा नेपालका भूकम्प पीडितहरुका सहयोगार्थ आयोजित च्यारीटि कार्यक्रम जेनेभामा सफलताका साथ सम्पन्न भयो।

स्वीस अल्पाईन क्लबको कार्यक्रम कक्षमा आयोजित उक्त कार्यक्रममा नेपाली सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो। कार्यक्रमबाट संकलित सहयोग Where Du The Children Learn (WDCL) नामक संस्थाको माध्यमबाट भूकम्प पीडितहरुका लागि प्रयोग गरिने जनाईएको छ। कार्यक्रममा नेपालबाट भूकम्पका विनाषक प्रभाव प्रतक्ष्य अवलोकन गरी आएका राजु प्रधान र WDCL का अध्यक्ष इलियास पानकार्डले आ-आफ्नो प्रस्तुतिहरु प्रस्तुत गरे।

स्वादिष्ठ नेपाली खानाको ब्यवस्था गरिएको उक्त च्यारीटि कार्यक्रममा १२० भन्दा बढी नेपाली एवं स्वीस मित्रहरुको उपस्थिति रह्यो। जेनेभामा बसोबास गर्ने नेपालीहरुको पातलो उपस्थिति रहेको उक्त कार्यक्रममा जुरीखबाट पितम गुरूङ, उस्टरबाट विनय श्रेष्ठ, अराउबाट सीमा अर्याल र गुणराज शर्मा, बेर्नबाट हिराबल गुरूङ र युक्ता गुरूङ र बासेलबाट सुनम पन्तको उपस्थिति देखिन्थ्यो। कार्यक्रमको अन्त्यमा खेलाइएको चिट्टा कार्यक्रममा जनेभाकी मोहिनी खत्रीले प्रथम, जेनेभाकी दीपशिका रावतले दोस्रो, उस्टरका विनय श्रेष्ठले तेस्रो र डेलेमोका बुआखाले हारलेनले चौंथो पुरस्कार जिते। कार्यक्रको संचालन क्विरीन भान ओल्डेनले गरेका थिए।

11354714_741496789296722_266618039_n 11356236_741496719296729_28881612_n 11414564_741496755963392_634140314_n

Share.

Leave A Reply