२० वैशाख २०८१

जुरीखमा च्यारिटि कार्यक्रम भव्यताका साथ सम्पन्न

0

३० मे २०१५, स्विट्जरल्याण्ड। स्विट्जरल्याण्डको बिभिन्न संस्थाको सहभागिता र सहकार्य रहेको स्वीस नेपाली भूकम्प राहत अभियान द्वारा आयोजित च्यारिटि डिनर कार्यक्रम से अस्पतालको कन्फेरेन्स केन्द्रमा भव्यताको साथ सम्पन्न भयो। उक्त कार्यक्रम स्विट्जरल्याण्डका लागि नेपाली राजदूत महामहिम श्री दीपक धितालको प्रमुख आथित्य र जुरीख युनिभरसिटि हस्पिटलका भूतपूर्व डाइरेक्टर प्रोफेसोर डा. मेड. एम. लुटोल्फको बिषेश उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै राजदूत धितालले नेपाल एउटा बिषेश परिस्थिति बाट गुज्रिदै गरेको र सम्पुर्ण मित्र राष्ट्रहरुको नेपाल लाई सहयोगको खाचो रहेको बताए। त्यसै अवसरमा प्रोफेसर डा. लुटोल्फले नेपाल जस्तो राष्ट्रमा स्वास्थ्य सुबिधाको न्यायपूर्ण बितरण हुनु पर्नेमा जोड दिए। आयोजकहरुको तर्फबाट स्विट्जरल्याण्डका आठ ओटा संघ-संस्थाको प्रतिनिधित्व गर्दै बासेल समाजका अध्यक्ष सन्तोष राईले स्वागत मनतव्य व्यक्त गरे। स्विस-नेपाली भूकम्प राहत अभियानका संयोजक पितम गुरूङले बिनासकारी भूकम्पका कारण नेपालको अर्थतन्त्रमा पर्ने प्रभाव र उक्त अभियानको लक्ष्य एवं उदश्येका बारेमा प्रकाश पारेका थिए। एन आर एन ए का निवर्तमान अध्यक्ष एवं यूरोपेली राहत र पुन: निर्माण अभियानका सदस्य सचिव डा. विनय श्रेष्ठले आफ्ना छोरा-छोरी नेपालबाट स्विट्जरल्याण्डमा सुरक्षित ल्याई पुर्याए पनि नेपालका त्यस्ता धेरै बालबालिकाहरु अझै सहयोगको प्रतिक्षामा रहेको हुदा आफ्ना छोरा-छोरी स्विट्जरल्याण्डमा सुरक्षित भए पनि भाबुक हुदै हजारौ नेपाली बालबालिकाहरु उकत सुरक्षाबाट बन्चित भएकोले आफू शान्तिले सुत्न नसकेको कुरो बताए। उक्त कार्यक्रमका संयोजक राम महत्तो कार्यक्रम अबधि भर अतिथितिहरुको स्वागत सत्कारमा व्यस्त रहे। त्यसै गरि स्वीस नेपाली समाजका अध्यक्ष मार्कुस रुकस्टुलले एक ऐक्यद्धता मनत्व्य व्यक्त गरे।

उक्त च्यारिटि कार्यक्रमको अवसरमा स्विट्जरल्याण्डवासि नेपाली युवा गायक सुवाष सुन्दास, जर्मनि निवासि प्रतिभाशालि नृत्यङगा रमिता महर्जन र स्वीस संगितकार थोमस निग्गेलि र श्रीरंग मिराजकारको सास्कृतिक कोशेलिहरु प्रस्तुत गरिएको थियो।त्यसै गरि हिरालाल श्रेष्ठ र गुणराज शर्मा द्वारा संयूक्त रुपमा निर्माण गरिएको बिनाशकारि भूकम्प सम्वन्धि मार्मिक वृतचित्र प्रस्तुत गर्दा कार्यक्रमका सहभागिहरु भाबुक भएका थिए। उक्त वृतचित्रको अंग्रेजी सारंस सुनम पन्तले प्रस्तुत गरेकि थिईन। सांस्कृतिक कार्यक्रम पश्चात तिलक थापा, मणिराम तामाङ, तेम्पा गुरुङ र कुल श्रीष द्वारा तयार गरिएको स्वादिष्ठ नेपाली खानाको व्यवस्था गरिएको थियो। उक्त च्यारिटि कार्यक्रमाको औपचारिक सत्र हिरावल गुरुङ र गुण राज शर्माले संचालन गरेका थिए। त्यसै गरि सांस्कृतिक कार्यक्रम उद्घोषण आशा स्टुकिले गरेकि थिइन।

कार्यक्रमको अन्यत्यमा अभियानक संयोजक पितम गुरूङले उक्त कार्यक्रम आयोजना गर्न सहयोग गर्ने सि हस्पिटल किल्खबर्ग र अन्य महानुभावहरु लाई धन्यवाद ज्ञापन गर्दै उक्त अभियानको भूकम्प पीडित राहत कोषमा लगभग २० हजार स्वीस फ्रान्क संकलन भईसकेको बताए।

SONY DSC

 एन आर एन ए स्विट्जरल्याण्डको प्रतिकृया रहित अनुउपस्थिति

एन आर एन ए अर्न्तराष्ट्रिय समन्वय समितिको राहत कोषकै माध्यमबाट भूकम्प प्रभावित क्षेत्रको पूर्णनिर्माणमा सहयोग गर्ने उदेष्यले आयोजित उक्त च्यारिटि कार्यक्रममा एन आर एन ए स्विट्जरल्याण्डको कुनै पनि आधिकारिक प्रतिनिधिको उपस्थिति थिएन। यस सम्बन्धमा नेपाल स्वीस डट कमले आयोजकहरु समक्ष जिज्ञासा राख्दा आयोजकहरुले एन आर एन ए का अध्यक्ष लाई gurungdharma7@gmail.com मा २२ मे २०१५ मा निमन्त्रणा पठाएको जानाकारि दिदै उक्त निमन्त्रणाको कुनै उत्तर नआएको बताए। उक्त निमन्त्रणा अन्य विभिन्न व्यक्तित्वहरु लाई पनि कपि गरिएको जानाकारिमा आएको छ। साथै यस बिषयमा आयोजकहरुले एन आर एन ए को स्विट्जरल्याण्डको नेपाली मिडियामा प्रकाशित प्रेश विज्ञप्ति प्रति पनि ध्यानाकर्षण गराए। उक्त बिज्ञप्तिमा स्वीस नेपाली भूकम्प राहत अभियानको च्यारिटि कार्यक्रममा एन आर एन ए स्विट्जरल्याण्डका पदाधिकारिहरुको उपस्थिति रहने जानाईएको थियो। तर पनि कार्यक्रममा एन आर एन ए स्विट्जरल्याण्डका पदाधिकारिहरुको उपस्थिति रहेन।

SONY DSC SONY DSC Untitled SONY DSC SONY DSC SONY DSC SONY DSC

Share.

Leave A Reply