२६ वैशाख २०८१

फूटबल प्रतियोगिताको लागि मे १५ सम्म दर्ता गर्न अनुरोध

0

नेपालमा भएको प्राकृतिक विपत्तिको दुखद घडी प्रति एन आर एन ए स्विटजरल्याण्ड गहिरो दुख ब्यक्त गर्दै दिबंगत आत्माहरु प्रति हार्दिक समवेदना प्रकट सहित शोक सन्तप्त परिवारमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दछौँ ।

आदर्णिय दाजुभाई तथा दिदी बहिनीहरु, गैर आवासीय नेपाली संघका पदाधिकारीज्यूहरु, युरोपमा रहेका बिभिन्न नेपाली संघ संस्थाका पदाधिकारी तथा महानुभवहरु, लेखक, पत्रकार, संगितकर्मी र सामाजिक ब्यक्तित्वहरूमा एन आर एन स्विजरल्याण्ड र स्विसबासी नेपालीहरुको तर्फबाट अभिवादन टक्र्याउन चाहन्छौं । एन आर एन ए स्विजरल्याण्डले यहि जुन २७ र २८ का दिन युरोपका नेपालीहरु बिच युरोप स्तरीय मैत्रीपूर्ण फूटबल प्रतियोगिताको लागि खेलाडीहरुको नामावली लगाएत प्रवेश शुल्क दर्ता गर्न अप्रिल ३०(April 30 ) तारिख सम्म तोकिएको थियो I तर यस  दुखद घडीका कारण एन आर एन ए स्विजरल्याण्डले दर्ता मिति लाइ लम्ब्याई मे १५ (May 15 ) सम्म दर्ता गर्न अनुरोध गरेको जानकारी गराउंदछौँ ।

मे को अन्तिम हप्ता भित्र प्रतियोगी टिमहरुको पहिलो खेल विवरण प्रत्यक्ष भिडियो मार्फत प्रकाशित गरिने भएकोले गर्दा दिएको समय भित्र कृपया सम्पूर्ण प्रतियोगी टिमहरुलाई पठाउन अनुरोध गरिन्छ । 

आयोजक

– एन आर एन ए स्विटजरल्याण्ड

– साथमा स्विस बासी नेपाली 

Share.

Leave A Reply