२० वैशाख २०८१

नेपाली जनसम्पर्क समिति स्विजरल्याण्डको प्रेस वक्तब्य

0

आदरणीय स्विसवासी नेपाली दाजुभाई दिदीबहिनीहरु ,नेपालमा भूकम्प बाट हुन गएको अकल्पनिय मानबिय ,एतिहासिक संस्कृति र सम्पदाका धरोहरहरु उजाड बनाउदै भौतिक धनजनको क्षतिले मर्माहत बनाएको छ ।देशको बिभिन्न ठाउमा गएको भूकम्पले दिएको अपुरणीय क्षति प्रति नेपाली जन सम्पर्क समिति स्विजरल्याण्ड गहिरो दुख ब्यक्त गर्दै दिबंगत आत्माहरु प्रति हार्दिक समवेदना प्रकट सहित शोक सन्तप्त परिवारमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दछौ साथै घाइते हुनु भएका सम्पूर्णको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ |

प्रकृतिले हामि लाई यति निर्दयी प्रहार गर्दै सबैलाई रुवाएको त छदैछ त्यो सगै दुखद घडीमा घाईतेहरु छटपटाई रहनुका साथै पिडितहरुको आवास र औषधी ,लत्ता कपडा लगायत गासको व्यवस्था सहित घॉउमा जति सक्दो मलम लगाउनु साथै तत्काल राहत पुर्याउन सकिन्छ कि भनेर परिस्थितीलाई मध्यनजर गर्दै नेपाल जान लाग्नु भएका ख्याती प्राप्त लोक गायक मिलन लामा संगै  हामीले रकम संकलन गरेका हौ यसलाई अन्यथा नसोचिदिनु हुन् पनि सम्पूर्णमा अनुरोध छ साथै मिलन लामाजीले हामीले पठाएको सानो सहयोग  पिडित समक्ष पुर्याउने कार्य शुरु गर्नु भएको पनि जानकारी गराउन चाहन्छौ |

हाम्रो चाहना पनि  प्रत्येक स्विसवासी नेपालीको भावानालाई समेटेर यो अभियानमा स्विसवासी सबै नेपाली यहाका  संघ सस्था मिलेर सबैको साझा संस्थाको रुपमा रहेको एनआर एंन मार्फत सामुहिक रुप जानु पर्छ भनेर नै सस्थाका अध्यक्ष राम कुमार महतोले  यो विपदको घडीमा  के कसरि सबै संघ सस्था मिलेर जान सकिन्छ भनेर सल्लाहका लागि एनआरएन स्विसका अध्यक्षज्यु संग गत शनिवार नै  जनसम्पर्क समितिको तर्फबाट फोन मार्फत कुरा राख्दा एनआरएन  स्विसले अभियान शुरु गरिसकेको छ तपाईहरुले पनि शुरु गर्ने हो भने गर्दा हुन्छ भन्ने जवाफ दिनु भएकोले केहि अन्योलको अवस्था देखिएकोमा नेपाली ऐक्यवद्दता मंच स्विजरल्याण्ड र एनआरएन स्विजरल्याण्डको पिडितलाई राहत पुर्याउन  सहयोग अभियान के कसरि प्रभावकारी बनाउन सकिन्छ भन्ने कुरामा छलफल गरेर सबै संघ सस्थाहरु सामुहिक रुपमा जाने सार्वाजनिक प्रतिवद्दता आएकोमा खुशी व्यक्त गर्दै यो कुरामा नेपाली जन समपर्क समिति स्विजरल्याण्डको  पूर्ण समर्थन र साथ् रहने  प्रतिवद्दता  व्यक्त गर्दै  बाकि उठेको र उठने  सहयोग रकम स्विस स्थित सबै संघ सस्थाहरुको छलफलबाट हुने निर्णय अनुसार नै पठाईने जानकारी गराउदछौ |

अन्तमा अहिले यस दुखद घडीलाइ पार लगाउन नेपाल र नेपालीलाई हाम्रो ठुलो सानो जस्तो  सकिन्छ सहयोगको आवश्यक छ जसले जहा  बाट जे सकिन्छ त्यहि अनुसार आआफ्नो ठाउँबाट लाग्न अनुरोध  गर्दै सहयोग गर्नु हुने  सबैलाई हार्दिक आभार व्यक्त गर्दै हामीलाई सहयोग गर्नु हुने सहयोगी हातहरु बढेका छन् हाम्रो अभियान जारी छ सबैमा आआफ्नो ठाउबाट सहयोग गर्न अनुरोध गर्दछौ  |

राम कुमार महतो 

अध्यक्ष 

नेपाली जन सम्पर्क समिति 

स्विजरल्याण्ड 

Share.

Leave A Reply