२३ वैशाख २०८१

जनसम्पर्क समिति स्विजरल्याण्डको भूकम्प पिडितलाइ सहयोग, राहत संकलन जारी

0

नेपाली जन सम्पर्क समिति स्विजरल्याण्डले  नेपालबाट आउनु भएका ख्याती प्राप्त लोक गायक मिलन लामा संगै पिडितहरुको आवास र औषधी ,लत्ता कपडा लगायत गासको व्यवस्था सहित जति सक्दो तत्काल राहत पुर्याउन सकिन्छ कि भनेर बिषम परिस्थितीलाई मध्यनजर गर्दै यहि आईतवार जुरिच रेल्वे स्टेशनबाट आथिक संकलन अभियान शुरु गरेको छ। उक्त अवसरमा विनाशकारी भुकम्पमा दिवंगत हुन भएका सम्पूर्णको सम्झनामा दिप बाल्दै मृतआत्माको चिरशान्तिको लागि १ मिनेट मौनधारण गरिएको थियो। 

अभियानबाट त्यहा उठेको रकम आइतवार नै नेपाल जान लाग्नु भएका गायक मिलन लामालाई  एकमुष्ठ   १५५० स्विस फ्रान्क लगभग एक लाख साठी हजार नेपाली रुपैया ( 1,60,000/. Rs ) हस्तान्तरण गरियो। रकम लिदै गायक मिलन लामाले स्विसवासी तपाइँ  नेपालीले विस्वास गरि जुन पुण्य कार्य गर्ने मौका दिनुभएको छ त्यसलाई आत्म साथ् गर्दै  नेपाल पुग्दा वित्तिकै आफै नै खटेर पिडितहरु सम्म  राहत पुर्याउने छु भन्दै तपाइले दिनु भएको यो सहयोग रकम पिडितका लागि अत्यावश्यकमा ठाउ खर्च गरेर त्यसको सम्पूर्ण विवरण जानकारी गराउने बताउनु भयो।

603798_814307965324721_4921448119895997005_n

सो अवसरमा जनसम्पर्क समितिका अध्यक्ष राम कुमार महतोले  रकम हस्तान्तरण गर्दै  गायक संगै एक समाजसेवी नेपाल फर्कने मौका परेकोले हामीले तत्काल पिडितलाई सानो भए पनि केहि राहत सहयोग गर्न सकिन्छ कि भनेर छोटो समय मै हामि भित्र यो अभियान  शुरु गरेका हौ साथै राहतका लागि सबै स्विसवासी नेपालीसग मिलि अभियान चलाउने बताउनु भयो |

 सहयोग गर्नु हुने सहयोगदाताको नामावली 

Laxmi parsai  50/-

Bhumi & Saanju Gurung 100/-

Sarbagya Lamsal  50/-

Narayan Kandel 50/-

Gauri Bartaula   50/-

Jangam Khadka 50/-

Bimala & Barsha Hayoj 100/-

Nirmala Rajbhandari  50/-

Pramod & Bijaya Bhatta 100/-

Guna Raj & Sabine Sharma 100/-

Dewansi Aryal 50/-

Digyanshu Aryal 50/-

Krishna Gurung 100/-

Ram & Laxmi Mahato 100/-

Lokendra Rana  100/-

Hira Gurung    50/-

Nirmala Bhujel  50/-

Junila Shrestha Family  100/-

Myanmar (Bhurma) Group

Rita & Krishna Puri Family 100/-

Roshan Puri Family   100/-

Somo ning Family   50/-

नोट – माथिको सबै रकम स्विस फ्रान्क रहेको छ |गायक मिलन लामालाई  बुझाएको रकमका सहयोगदाताको नामावली मात्र हो र हामीलाई अरु पनि सहयोग आएको छ  सहयोगदताको बाकी नाम र रकम पछि एकमुष्ठ जानकारी गराईने छ |

1554510_814307921991392_595318312501205023_n

Share.

Leave A Reply