१७ वैशाख २०८१

नेपाली नयाँ वर्ष शुभकामना सांझको तयारी पूरा

0

स्विट्जरल्याण्डको लुर्जेन शहरको Pilatus sall, luzernstrasse -15, 6010 Kriens  मा आगामी १९ अप्रील २०१५ का दिन हुने नयाँ वर्ष शुभकामना सांझ २०७२ को तयारी पूरा भएको छ । 

कार्यक्रमकी आयोजक बिमला हायोज बस्नेतले दिनु भएको जानकारी अनुसार उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको  छ। चर्चित लोक गायक मिलन लामा तथा सकुन्तला थापाको बेजोड प्रस्तुतिको साथमा स्थानीय नेपाली कलाकारहरु वर्षा हायोज, निता कपूर, सुवाष सुन्दास, दिपा खड्का, गौरी बर्तौला, नबराज घिमिरे, देबंशी अर्याल, श्रीयास अधिकारी र जेन डेनिस लगायतको प्रस्तुति रहने उक्त सांस्कृतिक सांझ कार्यक्रम दिउंसो २ बजेबाट शुरु भई रातको ११ बजेसम्म सञ्चालन हुने आयोजकले बताएको छ।

IMG_6466

यस पटकको उक्त कार्यक्रमको आकर्षण भनेको स्वीट्जरल्याण्डको स्थानीय नेशनल टेलिभिजनद्वारा कार्यक्रमको पूर्ण कभरेज रहने छ। भने उक्त टेलिभिजनद्वारा नेपाली कला र संस्कृतिलाई लिएर डकुमेन्ट्री बनाइने भएकोले पनि उक्त कार्यक्रम बढी महत्वपूर्ण मानिएको छ। साथै सो कार्यक्रममा उपस्थित हुने नेपालीहरुलाई आयोजकले आ आफ्ना कला संस्कृति र भेषभुषा झल्किने खालका पहिरनमा उपस्थित हुन आग्रह गरेको छ। त्यसैगरी सो कार्यक्रममा उत्कृष्ट पहिरनमा उपस्थित हुने  मध्येबाट पुरुष तर्फ एक जनालाई स्वीस घडी र महिला तर्फ एक जनालाई साडी पुरस्कारको व्यवस्था गरिएको पनि आयोजकले जनाएको छ। 

कार्यक्रममा स्वादिष्ट नेपाली परिकारकोसाथै खाजा नास्ता तथा Soft drink समेत व्यवस्था गरिएको छ भने कार्यक्रममा प्रवेशको लागि ४० स्वीस फ्रेन्क तिर्नु पर्ने बताइएको छ। त्यसैगरी विद्यार्थीहरुका लागि आकर्षक छुट सहित २५ स्वीस फ्रैन्क र १२ वर्ष भन्दा मुनिका बालबालिकाका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

आयोजकले बाकि जानकारीको लागि बिमला हायोज बस्नेत फोन- ०७९५२४३८४९, ०७६४१८३७९०, ०७७९४१४६३२  र वर्षा हायोज फोन- ०७९९५२५१०२  मा सम्पर्क गर्नु अनुरोध गरेको छ।

IMG_6468

Share.

Leave A Reply