३१ वैशाख २०८१

दूतावासबाट नेदरल्याण्डस्को डेल्फनगरपालिकालाई बुद्ध प्रतिमा हस्तान्तरण

0

नेपालीदूतावास ब्रसेल्सको तर्फबाट एक बुद्ध प्रतिमा नेदरल्याण्डस्को डेल्फनगरपालिकालाई हस्तान्तरण गर्ने कार्य आज डेल्फशहरको ध्यचमि ब्चत म्भाति (विश्वकला केन्द्र) परिसरमा एक विशेष समारोहको वीच सम्पन्नभयो । बेनेलक्स तथा यूरोपियनयूनियनकालागि नेपाली राजदूतमहामहिमश्री राममणि पोखरेलले तामाको तीन फिटको ध्यानमग्नउक्त बुद्धको मुर्ति डेल्फनगरपालिकाका मेयर श्री न्।ब्।ब्। ख्भचपभचपलाई हस्तान्तरण गर्नुभयो । विश्वकाविभिन्न देशहरुको कला सँस्कृतिझल्काउने प्रतिमातथावास्तुकला रहेको ध्यचमि ब्चत म्भातिको परिसरमा स्थापितगरिएको उक्तप्रतिमाको राजदूतपोखरेल र मेयर भेरकर्कले सँयुक्त रुपमाअनावरण गर्नुभयो ।
नेपाल र नेदरल्याण्डसबीच गहिरिँदो द्विपक्षीय सम्बन्धतथादुई देशकाजनताबीचको प्रगाढ हुदै गएको आपसी सम्बन्धलाई अझ बढावा दिने तथा नेदरल्याण्डसमा नेपाललाई थपचिनाउने उद्देश्यका साथदूतावासले उक्तप्रतिमा डेल्फनगरपालिकालाई हस्तान्तरण गरेको हो । विश्वकला केन्द्रको परिसरमा स्थापितउक्तप्रतिमाले उक्त केन्द्र भ्रमण गर्ने अन्य देशकापर्यटकमाझमा समेत नेपालको चिनारीलाई थपविस्तार गर्ने दूतावासको विश्वास रहेको छ ।
उक्त बुद्ध प्रतिमा हस्तान्तरण एवं अनावरण समारोहमा डेल्फनगरपालिकाकापदाधिकारीहरु, विश्वकला केन्द्रको कार्यकारी बोर्डका सदस्यहरु तथाकार्यकारी निर्देशिकाश्री एबगबि प्यगधभलजयखभल, डेल्फस्थितविश्वविद्यालयका डच तथा नेपालीमूलकाप्रोफेसरहरु, गैह्र आवासीयनेपाली संघ युरोप सँयोजकतथाअन्तराष्ट्रिय समन्वय सदस्यहरु, गैह्र आवासीय नेपाली संघ नेदरल्याण्डस्का पदाधिकारी तथा सदस्यहरु, नेदरल्याण्डस्का लागि नेपालकाअवैतनिक महावाणिज्यदूत श्री ऋबकउभच मभ क्तयउउभबिबच, स्थानीय डच समुदायतथाअन्यनेपालीसंघसंस्थातथासमुदायकापदाधिकारी तथासदस्यहरु गरी करिब १०० अतिथिहरु सहभागीहुनुहुन्थ्यो ।
दुवै देशका राष्ट्रिय गानबजाई शुरु गरिएको समारोहमामन्तव्यदिंदै नेपाली राजदूतश्री पोखरेलले नेपालमाकरिब २६०० वर्षअघि जन्मभई शान्ति र अहिंसाको पथमामार्गदर्शन दिएका नेपालका राष्ट्रिय विभुतिगौतम बुद्धको प्रतिमाको उपहार स्वीकार गरी उक्तप्रतिमालाई ध्यचमि ब्चत म्भाितपरिसरभित्रप्रतिस्थापन गरेकोमा डेल्फनगरपालिकातथाविश्वकला केन्द्र डेल्फलाई हार्दिक धन्यवाददिनु भयो ।

Handing over the Buddha
बुद्धको शान्ति, करुणा र विश्वबन्धुत्वको मार्ग आजको विश्वमाझनै सान्दर्भिक रहेको उल्लेख गर्दै वहाँले दुई देशकाबीचजनस्तरमा समेत बढिरहेको आपसी घनिष्टता प्रतिमाको स्थापनासँगै अझै प्रगाढ हुने विश्वास व्यक्तगर्नुभयो । नेपालप्राचीन सभ्यतादेखि नै विभिन्नधर्म, सँस्कृति, भाषा र रीतिरिवाजको अनुपम सँगम रहेको उल्लेख गर्दै राजदूतश्री पोखरेलले उपस्थित डच समुदायलाई नेपाल भ्रमणको निम्तो समेत दिनुभयो ।
सो अवसरमा डेल्फनगरपालिकाका मेयर श्री न्।ब्।ब्। ख्भचपभचपले नेपाली राजदूततथाअन्य सहभागीहरुलाई स्वागतगर्दै उपहारका लागि राजदूततथा सम्पूर्ण नेपाली समुदायलाई हार्दिक धन्यवादव्यक्तगर्नुभयो । उक्तअवसरमा गैह्र आवासीय नेपाली संघ नेदरल्याण्डस्का अध्यक्षश्री कृष्णराजअधिकारी तथालुम्बिनीकपिलवस्तु अभियानका युरोप सल्लाहकारश्री दामोदर प्रसाद आचार्यले गौतम बुद्धको सम्बन्धमाथपप्रकाशपार्नुभयो ।
समारोह अघि राजदूतश्री पोखरेलले मेयर श्री ख्भचपभचपलाई नेपालसम्बन्धीजानकारीमूलक पुस्तकख्ष्नभलततभक या ल्भउबप्रिदानगर्नुभयो । त्यसैगरी श्री पोखरेलले केन्द्रकीनिर्देशिकाश्री प्यगधभलजयखभललाई सगरमाथा९त्यउ या तजभ ध्यचमि० को लेमिनेटेड भित्ते पोस्टर तथा एक प्रतिख्ष्नभलततभक या ल्भउबप्रिदानगर्नुभयो ।
प्रतिमा हस्तान्तरण एवं अनावरण समारोहको आयोजनादूतावाससँगको सहकार्यमा नेपाल समाज नेदरल्याण्डस्, नेदरल्याण्डस्को गैह्र आवासीय नेपाली संघ तथा नेदरल्याण्डस्स्थितअन्यनेपाली समुदायले गरेका थिए । समारोहमाअतिथिहरुमाझ नेपालीगीत, सँगीत, नृत्य तथा नेपाली परिकारकोखानापेश गरिएको थियो ।

Share.

Leave A Reply