२५ वैशाख २०८१

जेनेभामा नेपाली नयाँ वर्ष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

0

गत १२ अप्रील २०१५ का दिन स्वीट्जरल्याण्डको जेनेभामा ग्लोबल नेपाल नेटवर्कको आयोजनामा नेपाली नयां वर्ष २०७२ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।
स्विट्जरल्याण्डका लागि नेपाली राजदूत महामहिम दिपक धितालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व ग्लोबल नेपाल नेटवर्कका सोनाम लामाले गर्नु भएको थियो। अन्य अतिथिहरुमा एनआरएन स्विट्जरल्याण्डका अध्यक्ष धर्म गुरुङ, एनआरएन आईसिसी सदस्य शीव रिजाल, प्रवासी मञ्च स्वीट्जरल्याण्डका उपाध्यक्ष दिपक कुंवर, नेपाल स्वीस डटकमका जंगम खड्का, स्विस नेपाल डटकमका निराजन श्रेष्ठ, साहित्य समाज स्विट्जरल्याण्डकी रमा देवकोटा पराजुली रहनु भएको थियो।
नेपाली नयाँ वर्ष २०७२ लाई स्वागत गर्दै सबैमा शुभकामना आदान प्रदान गर्न आयोजित उक्त कार्यक्रममा ग्लोबल नेपाल नेटवर्क की पूजा सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो।
कार्यक्रममा स्विट्जरल्याण्डमा रहेर विभिन्न क्षेत्रबाट नेपाली समुदायमा पुर्याएको अमूल्य योगदानको कदर गर्दै नेपाल सरकारबाट सम्मानित हुनु भएका व्यक्तित्वहरुलाई महामहिम राजदूत धितालले सम्मानपत्र प्रदान गर्नु भएको थियो।

image-03c71e42d1fb8dae9f815bf61b1dcbb70348d75d39d8cfdf4d1605867d292d44-V
सम्मान पत्र प्राप्त गर्नेहरुमा स्वीट्जरल्याण्डमा बसेर नेपाली साहित्य तथा कविताको क्षेत्रमा पुर्याएको योगदानका लागि स्वीस नेपाली साहित्य समाजकी रमा देवकोटा पराजुली, नेपाली राजदूतावासका कर्मचारी निरञ्जन थापा, दूतावास कर्मचारी मनोज आचार्य, पत्रकार तथा ग्लोबल नेपाल नेटवर्कका प्रवक्ता दिपक खतिवडा हुनुहुन्थ्यो ।
कार्यक्रमको शुरुआतमा सामान्य नास्तापानीको व्यवस्था गरिएको थियो भने कार्यक्रमको समापन पछि स्वादिष्ट नेपाली परिकार सहितको बफेटको व्यवस्था गरिएको थियो। नेपालीहरुको उत्साहजनक उपस्थिति रहेको उक्त कार्यक्रममा उपस्थित सबैले नयाँ वर्षको शुभकामना व्यक्त गर्नु भएको थियो । आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावासका राजदूत धितालले यो नयाँ वर्षमा नेपालमा संविधान बनोस् भन्ने कामना व्यक्त गर्नु भएको थियो । त्यसैगरी कार्यक्रमबाट अन्त्यन्तै खुशी भएको अभिव्यक्ति दिंदै एनआरएनए स्विट्जरल्याण्डका अध्यक्ष धर्म गुरुङले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा मनोज आचार्यले कविता वाचन गर्नु भएको थियो भने रमा देवकोटा पराजुलीले नयाँ वर्ष गीत शीर्षकको कविता वाचन गर्नु भएको थियो। कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति सोनाम लामाले आफ्नो शुभकामना मन्तव्य सहित सबैलाई धन्यवाद दिंदै कार्यक्रम समापन गर्नु भएको थियो ।

image-52cc787577114757aafbaf61a8f0fa73ebd6655377029bd5a2e2e951b8a7a9aa-V

उक्त कार्यक्रम लाई सफल पार्न निता कपुर लगायत जेनेभा ग्लोबल नेपाल नेटवर्कका सदस्यहरुले आ-आफ्नो तर्फबाट सक्दो सहयोग गरेको थियो भने दिपक खतिवडाले सञ्चालन गर्नु भएको उक्त कार्यक्रम औपचारिक रुपमा रातको १० बजे सकिएपछि नेपाली परिकार सहितको बफेटको व्यवस्था गरिएको थियो ।

image-a54ae9103c1376626606992f4da52a5fc0a416a465ab53ed4fd983802f166c1a-V

Share.

Leave A Reply