१९ वैशाख २०८१

स्विट्जरल्याण्डमा एनआरएनको चाम् झनै बढेको छ : अध्यक्ष लामा

0

जुरिच। एनआरएनए स्विट्जरल्याण्डकी अध्यक्ष शुभ एल्मर लामाले स्विट्जरल्याण्डमा एनआरएनको चाम् झनै बढेको बताएकी छन्। एनआरएनए केन्द्रको विवादले चाम् घटेकोबारे जिज्ञासा राख्दा उनले स्विट्जरल्याण्डमा भने पहिलेभन्दा झनै बढेको बताईन्।

‘केन्द्रमा आफ्नै किसिमको विवाद छ। तीन-तीन जना अध्यक्ष बनाएर नै विवाद सुल्झाउने प्रयास भयो।’ अध्यक्ष लामाले भनिन् ,’तर त्यसले सबै राष्ट्रिय समन्वय परिषदमा चाम् घटेको भन्न मिल्दैन। मलाई त लाग्छ स्विट्जरल्याण्डमा एनआरएनको चाम् पहिलेभन्दा झनै बढेको छ।’ आफ्नो कार्यसमितिमा एक तिहाई महिलालाई समेत समेट्न सकेकोमा  उनले खुशी ब्यक्त गरिन्।  ‘एनआरएनए स्विट्जरल्याण्ड यहाँ दर्ता भएको संस्था हो। तर हालसम्म ट्याक्स डिक्लियर भएको रहेनछ। त्यो पनि हाम्रै कार्यकालमा सम्पन्न गरेका छौ। वैधानिक रुपमा झनै संस्था मजबुत बनेको छ।’ नेपालस्विससँग कुराकानी गर्दै अध्यक्ष लामाले भनिन्।

‘एनआरएनको अस्तित्व जोगाउनकै लागि तीन जना अध्यक्ष बनेको जस्तो लाग्छ। स्विट्जरल्याण्डसँग सबैजनाको राम्रो सम्बन्ध छ। अब एनआरएनको दुई पक्षवीच केन्द्रमा सहमतिको कुरा भईसकेको छ। आगामी अक्टोबरमा एकताको महाधिवेशन हुनेमा म विश्वस्त छु।’ उनले थपिन्।

एनआरएनए राष्ट्रिय समन्वय परिषदहरुका अधिवेशन आई रहेको हुँदा उनले सबैलाई सदस्य बन्न आग्रह गरिन् ‘विदेशमा सबैका परिवार हुँदैनन्। आखिर मर्दापर्दा चाहिने एनआरएन नै हो। दुखविमार पर्दा चाहिने संस्था नै हो। त्यसैले पंजीकृत सदस्य बन्नमा कन्जुसाई गर्नुहुदैन।’अध्यक्ष लामाले भनिन्।

‘मेरो कार्यकालमा मैले गर्नुपर्ने काम मैले गरेजस्तो लाग्छ। म आफू खुशी छु। सन्तुष्ट छु। तर मुल्याङ्कन अरुले गर्ने हो। महिला दिदीबहिनीहरुलाई एनआरएनए अभियानमा ल्याउन सजिलो छैन। मैले धेरै पटक कोशिस गरे।’ उनले थपिन्।’ ‘उहाँहरुको पनि आफ्नै बाध्यता छ। समस्या छ। तर पनि हामीसँग जोडिएर काम गर्नुभयो। यो ठुलो उपलब्धि हो। कठिनाईको बाबजुत पनि स्विट्जरल्याण्डमा एक तिहाई महिलाहरुलाई हामीले कार्यसमितिमा समेट्न सक्यौ।’

एनआरएनए स्विट्जरल्याण्डको इतिहासमा नै महिलाको नेतृत्व सहित कार्यसमितिमा एक तिहाई महिलाको सहभागिता रहेको यो पहिलो पटक हो।

अध्यक्ष लामाले एनआरएनको क्यालेण्डर बनाएर कार्यक्रमहरु सम्पन्न गरेको अनुभव सुनाईन्।’ कार्यक्रमहरु धेरै हुने र जुध्न जाने समस्या थियो। अनलाईन कन्फेरेन्स मार्फत राजदूतावासलाई पनि समेटेर यहाँका संघ संस्थाहरुबीच छलफल चलायौं। अहिले कार्यक्रम जुध्ने  कुनै पनि किसिमको समस्या पनि देखिएको छैन।’ उनले भनिन्।

एक एनसीसी एक प्रोजेक्टका लागि  च्यारिटी फिल्म सो बाट रकम संकलन गरेर संघले नेपालको विकट जिल्लामा सहयोग गरेको पनि उनले बताईन्। एनआरएनए स्वीट्जरल्याण्डले पारिवारिक रुपमा मनोरन्जनका लागि हाइकिङ तथा युवाहरुलाई समेटेर भलिवल प्रतियोगिता सम्पन्न गरेको पनि अध्यक्ष लामाले बताईन्।

एनआरएन स्विट्जरल्याण्डको आठौँ अधिवेशन जुलाई ८ शनिवार राजधानी बेर्नमा हुँदैछ। संघको अधिवेशनले सन् २०२३-२०२५ कार्यकालकालागि नयाँ नेतृत्व समेत चयन गर्ने भएको छ।

प्रस्तुत छ :  एनआरएनए स्विट्जरल्याण्डकी अध्यक्ष शुभ एल्मर लामासँग नेपालस्विस डट्कमले गरेको भिडियो कुराकानीको सम्पादित अंश :

Share.

Leave A Reply