१५ वैशाख २०८१

माघे संक्रान्ति कार्यक्रम संगीतमय हुने

0

जुरीख। जुरीख नेपाली परिवारको आयोजनामा यही १४ जनवरी २०२३ शनिवारको दिन जुरीखमा माघे संक्रान्ति कार्यक्रम धुमधामले मनाउने तयारी गरिरहेको आयोजकले जानकारी गराएको छ।

Zürcher Gemeinschaftszentren GZ Heuried, Döltschiweg 130, 8055 Zürich मा हुने माघे संक्रान्ति कार्यक्रमलाई संगीतमय बनाउनको लागी स्पेन र जर्मनीबाट नेपाली कलाकारहरुको उपस्थितिमा डिजे नाचगानको समेत आयोजना गरेको आयोजक मध्यका एक दिर्घ श्रीस मगर (मामा) ले जानकारी गराए।

उक्त दिनको १४:०० बजेबाट आपेरो बाट सुरु हुने माघे संक्रान्ति कार्यक्रमको प्रवेश शुल्क निशुल्क गरेको र साथमा यो पर्वमा खाने परिकारको खाना व्यवस्था गरिएको छ। पियपर्दाथको भने शुल्क लाग्ने छ। कार्यक्रम रातीको १२:०० बजे समाप्त हुने आयोजकले जानकारी गराएको छ।  

“स्विजरल्याण्डमा बस्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरू लाइ मध्यनजर गर्दै हाम्रो चाडपर्व मध्य एक महत्त्वपूर्ण चाड माघी पनि भएकोले सम्पूर्ण स्वीसबासी दाजुभाइ तथा दिदीबहिनीहरु लाइ जुरीख परिवारले हृदय देखिनै आमन्त्रण गर्न गैरहेको कुरा जानकारी गराउन चाहन्छौ।” भन्दै जुरीख नेपाली परिवारले निमन्त्रणा गरेको छ।

बाकी जानकारीको लागी निम्न फोनमा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ।

दल पुन 0782053764 गीता पुन 0782088856 श्रीस मामा 0767782534 राम महतो 0765865456 शशी यादव 0764837738 तेन्पा दोर्जे 0786540342

Share.

Leave A Reply