१५ वैशाख २०८१

स्विट्जरल्याण्डमा घरघरमा देउसी-भैलो निरन्तरता

0

आराउ। हर्ष उल्लाससहित तिहारको रन्कोले घरदेशलाई ढपक्क बालेको बेला स्विट्जरल्याण्ड पनि अछुतो रहेन। परदेशमा व्यस्त समयका बाबजुत पनि नेपालीहरू आफ्नो परम्पराअनुसार चाडपर्व मनाउन पछि परेका छैनन्। आ-आफ्नो समय अनुकूल जमघट तथा रमाइलो गर्दै चाडपर्व मनाउने गर्छन्।

यसै बीच स्विट्जरल्याण्डका नेपाली समुदायमा पनि लगातार देउसी-भैलो कार्यक्रम सम्पन्न भएको छ। ५ दशकदेखि नेपालीहरूको बसोबास रहेको स्विट्जरल्याण्डका घर-घरमा पुगेर देउसी-भैलो खेल्ने परम्पराले यस बर्ष पनि निरन्तरता पाएको हो। यस बर्ष आराउ र बेर्न शहरहरुमा रहेका नेपालीहरुको घर्-घरमा नै पुगेर देउसी-भैलो सम्पन्न भएको र “‌हाम्रो संस्कृति र परम्परालाई निरन्तरता दिनु हाम्रो कर्तब्य नै हो। त्यसैले पनि घर-घरमा नै पुगेर देउसी खेल्न पुग्यौ।” तीन बर्ष देखी निरन्तरता दिदै आएको भैलो टिमले बताए।

Share.

Leave A Reply