२० वैशाख २०८१

बेर्नमा एभरेष्ट डे सम्पन्न (फोटो फिचर सहित)

0

बेर्न। नेपाली राजदूतावास जेनेभा र गैर-आवासीय नेपाली संघ स्विटजरल्याण्डको संयुक्त्त आयोजनामा गत आइतबार स्विटजरल्याण्डको बेर्न शहरमा ‍एभरेष्ट डे कार्यक्रम सम्पन्न भएको छ।

विगतका वर्षहरुमा झैँ यस पटक पनि स्विट्जरल्याण्डमा एभरेष्ट डे कार्यक्रम स्विटजरल्याण्डको संघीय परराष्ट्र विभागको डिभिजन उपप्रमुख दिपक ‍एल्मरको प्रमुख अतिथ्य र जेनेभा स्थित संयुक्त राष्ट्र संघका लागि स्थायी नियोग नेपालका उपप्रमुख जंगबहादुर गुरुङको सम-उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा स्विस नागरिकहरू र नेपालीहरूको उपस्थिति रहेको थियो । नेपालमा पर्यटन प्रवर्धन गर्ने उदेश्य सहित केही बर्षदेखि यो कार्यक्रम नियमित आयोजना हुँदै आएको छ। कार्यक्रमका माध्यमबाट नेपाली र स्वीस जनता बीचको सद्भावपुर्ण सम्बन्धको निरन्तरतामा पनि विशेष जोड दिने गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि स्विटजरल्याण्डको संघीय परराष्ट्र विभागको डिभिजन उपप्रमुख दिपक ‍एल्मर, जेनेभा स्थित संयुक्त राष्ट्र संघका लागि स्थायी नियोग नेपालका उपप्रमुख जंगबहादुर गुरुङ, गैर-आवासीय नेपाली संघ स्विट्जरल्याण्डका अध्यक्ष शुभ एल्मर लामा, स्वीस नेपाली समाजका अध्यक्ष मार्कुस रुकस्टुल र गैर-आवासीय नेपाली संघ स्विट्जरल्याण्डका पूर्व अध्यक्ष हिराबल गुरुङले मन्तव्य मार्फत आ-आफ्ना विचार व्यक्त गरेका थिए।

गैर-आवासीय नेपाली संघ स्विट्जरल्याण्डका महासचिव कृष्ण प्रसाद शिवाकोटीले एभरेष्टको बारेमा चर्चा गरे भने कमल भट्टले पर्यटन प्रवर्धनका विषयमा स्लाईडहरु प्रस्तुत गरे।

सहभागीहरूको मनोरञ्जनका लागि स्थानीय कलाकारहरू नवराज घिमिरे, सवनम महत, मानसी भट्टराई, श्रीना सापकोटा, विश्रुति खतिवडा र साङ्गे लामाले नेपाली संस्कृति झल्कने बेजोड नृत्य र गीत प्रस्तुत गरेका थिए।

बेर्न समाजको सहकार्यमा सहभागीहरूका लागि स्वादिष्ठ नेपाली खाना र हलको व्यवस्था गरिएको थियो।

कार्यक्रमको सञ्चालन गैर-आवासीय नेपाली संघ स्विट्जरल्याण्डका कोषाध्यक्ष राकेश प्रजापतिले गरेका थिए।कार्यव्यवस्थाको कारणले स्विटजरल्याण्डका लागि नेपाली राजदूत मनि प्रसाद भट्टराईको कार्यक्रममा उपस्थिति मात्र रह्यो।

Share.

Leave A Reply