२० वैशाख २०८१

बेर्नमा ‘एभरेष्ट डे’ कार्यक्रम हुने

0

बेर्न। नेपाली राजदूतावास जेनेभा र गैर-आवासीय नेपाली संघ स्विट्जरल्याण्डको संयुक्त आयोजनामा यही २९ मे आइतवारको दिन बेर्नमा एभरेष्ट डे कार्यक्रम हुने भएको छ।

बिगतका बर्षहरु झै यस बर्ष पनि नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उदेश्य सहित केही बर्ष देखि यो कार्यक्रम स्विट्जरल्याण्डमा आयोजना हुँदै आएको हो। कार्यक्रमका माध्यमबाट नेपाली र स्वीस जनाता बीचको सदभावपुर्ण सम्बन्धको निरन्तरतामा पनि विशेष जोड दिने गरिएको देखिन्छ। यस कार्यक्रमको मुख्य उद्देश्य भनेको नेपालमा पर्यटन प्रवर्द्धन प्रचार प्रसारका साथै नेपाली कला-संस्कृतिलाई विदेशमा चिनाउने रहेको छ।

यही २९ मे आइतवारको दिन सगरमाथा दिवसको अवसरमा हुने एभरेष्ट डे कार्यक्रममा नेपाली तथा स्वीस महानुभावहरूलाई कार्यक्रममा सहभागी भई कार्यक्रम लाई सफल पार्न नेपाली राजदूतावास जेनेभाले हार्दिक निमन्त्रणा गरेको छ।

कार्यक्रम

मितिः २९ मे २०२२ आइतवार

समयः दिउसो २ बजे देखि साँझ ६ बजे सम्म

स्थानः Jupiterstrasse 15, 3015 Bern (From Bern Main Station: Tram No. 8 till Wittigkofen)

R.S.V.P. :

Tel : 022-733-2600

Email : mission.nepal@bluewin.ch

Share.

Leave A Reply