२२ वैशाख २०८१

एनआरएनए स्विट्जरल्याण्डको आयोजनामा भलिबल प्रतियोगिता हुने।

0

बासेल। गैरआवासीय नेपाली संघ, स्विट्जरल्याण्डको आयोजनामा यही आउदो जुन ११ गते शनिवारको दिन बासेलमा भलिबल प्रतियोगिता हुने भएको छ।

भलिबल खेलाडीहरू लाई प्रोत्साहन गर्दै संघले बासेलमा पहिलो पटक भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो।

स्विट्जरल्याण्डको बसेल शहरको Isweiherhütte, Erlensträsschen 90, 4125 Riehe हुने भलिबल प्रतियोगिता बिहान १०:०० बजे देखि सुरु हुने र मौसम अनुसार हल भित्र वा बाहिर खुल्ला चौरमा प्रतियोगिता हुने संघले जानकारी गराएको छ।

भलिबल खेल प्रेमीहरू लाई उक्त प्रतियोगितामा सहभागी हुन संघले अनुरोध गरेको छ। प्रतियोगिता सम्बन्धी बिस्तृत जानकारी छिट्टै अर्को सूचना प्रकाशित गरिने संघले जनाएको छ।

Share.

Leave A Reply