२३ वैशाख २०८१

सोनाम ल्होसार मनाउँदै स्विट्जरल्याण्डमा तामाङ समाज गठन

0

जुरीख। स्विट्जरल्याण्डको कान्टोन सान्टगालेन स्थित एभरेष्ट रेस्टुरेन्टमा सोनाम ल्होसार मनाउँदै तामाङ समाज गठन गरेको छ।

गत फेब्रुअरी ६ आइतवारका दिन सान्टगालेन स्थित एभरेष्ट रेस्टुरेन्टमा स्विट्जरल्याण्डमा बसोवास गर्ने तामाङहरु भेला भई सोनाम ल्होसार मनाउँदै केरसिङ तामाङको अध्यक्षतामा तामाङ समाज गठन गरेको हो।

उक्त भेलाले अध्यक्षमा केरसिङ तामाङ, उपाध्यक्षद्वय सन्जु तामाङ गुरुङ र गोपाल तामाङ सचिव प्रदिप तामाङ सह सचिव सुनिता लामा ब्लोन कोषाध्यक्ष माया स्याङबो तामाङ सदस्यहरु ईमान योन्जन तामाङ, डम्बर तामाङ, दुर्गा तामाङ, प्रेम लामा, नाङगङ लामा, श्रृजना डिमडुङ रविनोद मोक्तान चयन भएका छन्।

सल्लाहकारहरु शुभ एल्मर लामा, दावा पाख्रिन, ज्ञानेन्द्र घले र टंक पाख्रिन संरक्षकमा दिलीप लामा चयन भएका छन्।

नेपालका बिभिन्न जिल्लाहरूबाट स्विट्जरल्याण्डमा बसोबास गर्दै आएका तामाङहरू लाई एकै सूत्रमा बाँधी तामाङ जातिको धर्म, संस्कृति, परम्परा , रीतिरिवाज र वेषभूषाको संरक्षण गर्दै यस जातिको विकाशमा उल्लेखनीय योगदान पुर्याउने र स्वदेश तथा विदेशमा समेत यस जातिमा भै परि आउने समस्याको समाधानका प्रयासहरू अगाडी सारिने, स्विट्जरल्याण्ड स्थित संघ संस्थाहरूसँग हातेमालो गर्दै यस समाज लाई अगाडी बढाउने हेतुले तामाङ समाज स्विट्जरल्याण्ड गठन गरेको अध्यक्ष केरसिङ तामाङले बताए।

अध्यक्ष केरसिङ तामाङको लिखित मन्तव्य जस्ताको तस्तै:

आज Everest restaurant St.gallen मा तामाङ समुदाय स्विजरल्याण्डको आयोजनामा सम्पन्न सोनाम ल्होछारमा पाल्नु भएको सम्पूर्ण तामाङ दाजु भाई तथा गैर तामाङ दाजु भाई तथा दिदी बहिनीहरुमा फेरि पनि ताक लोछारको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ। साथै आजै गठन भएको तामाङ समाज स्विजरल्याण्डको अध्यक्ष जस्तो गरिमामय पदमा निर्विरोध चयन गरी दिनु भएकोमा सम्पूर्ण स्विजरल्याण्ड बासी तामाङ समुदायलाई हार्दिक आभार व्यक्त गर्दछु । आउँदो दिनहरुमा मैले भ्याएसम्म मैले सकेको र मेरो कार्य समिति संगको सहकार्यमा तामाङ समाज स्विजरल्याण्डलाई सफलता तर्फ बढाउनको निम्ति म ढुक्क छु। साथै सम्पूर्ण कार्य समिति सदस्यहरुलाई बधाई तथा शुभकामना । तामाङ समाज स्विजरल्याण्डलाई यो स्थितिमा ल्याउन आजको दिन सम्म मुख्य भुमिका निभाउनु हुने यसै संस्था को बिशिष्ट सल्लाहकार आदरणीय शुभा दिदीलाई बिशेष धन्यवाद ज्ञापन गर्दछौँ । साथै सधै समाज सेवा प्रति प्रेरणा गरी राख्नु हुने आदरणीय दिलिप दाई र दावा दाई प्रति आभार ब्यक्त गर्दछौ। त्यस्तै गरी ताक ल्होछारको अवसरमा हाम्रो गह्रा दसा राम्रो होस भनि पुजा गरी दिनु भएकोमा लामा गुरुलाई धेरै धेरै धन्यवाद छ । साथै अस्ट्रिया देखि लिएर स्विजरल्याण्डको हरेक क्षेत्रबाट आफ्नो समय अभावको बावजुद पाल्नु हुने सम्पूर्ण ज्योज्यो आले नाना आङाहरू प्रति आभार ब्यक्त गर्दछौ। आशा छ आउने दिनहरुमा पनि यस्तै साथ सहयोग प्राप्त हुने नै छ भन्नेमा म विश्वस्त छु । अन्त्यमा Everest restaurant St.gallen को proprietors सिर्जना बहिनी ज्वाइँलाई पनि बिशेष धन्यवाद ज्ञापन गर्दछौँ । हामीबाट कारणबस केही कमी कमजोरी भएमा क्षमा याचना गर्दै अबको केही समयमा कार्य समितिमा आगामी कार्य योजना सहित आउने बाचा गर्दै बिदा चाहन्छु । लास्सो थुजेचे

Share.

Leave A Reply