२२ वैशाख २०८१

स्विट्जरल्याण्डमा घरघरमा देउसी -भैलो

0

जुरिख। हर्ष उल्लाससहित तिहारको रन्कोले घरदेशलाई ढपक्क बालेको बेला परदेश पनि अछुतो रहेन। युरोपका बिभिन्न देशहरुमा देउसी- भैलो कार्यक्रमहरु सहित तिहार मनाईएको छ।

परदेशमा व्यस्त समयका बाबजुत पनि नेपालीहरू आफ्नो परम्पराअनुसार चाडपर्व मनाउन पछि परेका छैनन्। आ-आफ्नो समय अनुकुल जमघट तथा रमाइलो गर्दै चाडपर्व मनाउने गर्छन्। युरोपका बिभिन्न मुलुकहरुमा नेपाली परम्परा अनुसार नै देउसी-भैलोका कार्यक्रमहरु भए। यसै बीच स्विट्जरल्याण्डको नेपाली समुदायमा पनि लगातार देउसी-भैलो कार्यक्रम सम्पन्न भएको छ।

झन्डै ६ सय नेपालीहरुको संख्या रहेको स्विट्जरल्याण्डमा पनि घर- घरमा नै पुगेर यसपटक देउसी-भैलो खेल्ने परम्परा तीन बर्ष अघिदेखि सुरु भएको हो। ५ दशकदेखि नेपालीहरुको बसोबास रहेको स्विट्जरल्याण्डमा घर-घरमा पुगेर देउसी-भैलो खेल्ने परम्पराले यस बर्ष पनि निरन्तरता पाएको हो। मुलेहन, आराउ र बेचिकोन शहरहरुमा रहेका नेपालीहरुको घर- घरमा नै पुगेर शुक्रबार देउसी-भैलो सम्पन्न भएको आयोजक मध्येकी एक मुना भट्टराई आचार्यले बताईन्। “‌हाम्रो संस्कृति र परम्परालाई निरन्तरता दिनु हाम्रो कर्तब्य नै हो। त्यसैले पनि घर-घरमा नै पुगेर देउसी खेल्न पुग्यौ।” उनले भनिन्।

 

 

Share.

Leave A Reply